images
images

साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला
    images
    images

    काठमाडौँ / साइमेक्स इंक, बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक, नेपालमा बहुप्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा गरेको छ । 

    नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रूपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने दावी गरिएको बीवाईडी एम६ को बुकिङ खुला गरिएको हो । 

    अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको कम्पनीको दावी छ।  बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ । 

    हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ । 

    यो आकर्षक अफरका कारण शुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनिय मूल्यका साथ प्राप्त गर्न सक्ने छन् । 

    बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ । 

    बीवाईडी एम६ का प्रमुख विशेषताहरू
     
    अतुलनीय कम्फर्ट र स्पेस – यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ । 

    पावरफुल परफर्मेन्स – यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी)सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ । 

    फास्ट चार्जिङ – बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसकारण व्यस्त दैनिकी भएकाहरुका लागि यो परफेक्ट सवारी छ । 

    एड्भान्स्ड सेफ्टी – एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ । 

    टेक–फरवार्ड डिजाइन – यो गाडीमा रहेका १२।८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ । 

    नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रुपान्तरण गर्ने कार्यमा बीवाईडी एम६ ले प्रतिनिधित्व गरेको छ । कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बीवाईडी एम६ छनोट बन्न सक्छ । 

    हाल बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले नगद १ लाख ५० हजार छुट पाउने छन् । आगामी डिसेम्बर २४ अर्थात पुस ९ सम्मका लागि उपलब्ध यो अफरमार्फत अविश्वसनिय मूल्यमा प्रिमियम इलेक्ट्रिक एमपीभी प्राप्त गर्नुहुन अनुरोध छ । 

    नेपालभर रहेका कुनै पनि शोरुम भ्रमण गरी बीवाईडी एम६ को वारेमा जानकारी लिन र यसको समग्र पक्षको वारेमा अनुभव गर्न तथा सस्टेनेबल मोबिलिटीको क्षेत्रमा हुने क्रान्तिको हिस्सा बन्न सबैमा अनुरोध छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार