images
images

टेलिकमले परिमार्जन गर्यो भारतमा सस्तो कल गर्न एक्सेस कोड महसुल र पल्स दर

टेलिकमले परिमार्जन गर्यो भारतमा सस्तो कल गर्न एक्सेस कोड महसुल र पल्स दर

बुधवार, पुस १७ २०८१
बुधवार, पुस १७ २०८१
  • टेलिकमले परिमार्जन गर्यो भारतमा सस्तो कल गर्न एक्सेस कोड महसुल र पल्स दर
    images
    images

    काठमाडौँ / नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्न एक्सेस कोड १४२४ को महसुल दर तथा पल्स दर परिमार्जन गरेको छ । टेलिकमका अनुसार विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पहरू मध्ये १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई पुस १५ गते राति १२  बजेदेखि लागू हुने गरी १४२४ को महसुल दर करबाहेक प्रति मिनेट ३ रुपैयाँ ७६ पैसा कायम गरिएको हो ।

    यसका साथै १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार