काठमाडौं / नयाँ वर्ष २०२५ अवसरसँगै अब बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदरमा दिपलका इभी खरिद गर्न सकिने छ ।
यो योजना नयाँ वर्षको अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ल्याएको हो । ईभि गाडीमा दिपलको क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण चर्चित मानिन्छ । दिपल इभीले छोटो समयमै नेपालमा सात सय युनिटभन्दा बढी विक्री गर्न सफल देखिन्छ ।
‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा किन्न सक्नेछन् ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउन खोजिएको कम्पनीले जनाएको छ ।
ग्राहकले केके पाउनेछन् ?
यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउनेछन् ।
सन् २०२४ मा नेपालमा दिपल इभीले चुमेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको हो ताकि प्रिमियम इभीको मालिक बन्ने सपना सहजै पुरा होस्, कम्पनीले विज्ञप्तिमा भनेको छ ।
दिपलमा केके छ ?
दिपल एस०७ र दिपल एल०७ मा १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचरहरु छन् जसले दिपल इभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको इभी बनाइदिएको छ ।
यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् ।

.gif)
.gif)
.gif)



