images
images

आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?
    images
    images
    images
    images

    काठमाडौँ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो रहेको छ ।

    मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

    बुधबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    बिहीबार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आन्शिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com