images
images

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • images
    images
    सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको बताए ।  

    images
    images

    उनले भने, “हामीमा जोश छ । आजभोलि नै चाहियो भन्ने मानसिकता छ । कुर्नै सक्दैनौं भन्ने खालको मनस्थिति छ । समस्या पुरानो छ समाधान तत्कालै चाहिएको छ । अहिले सरकारले अर्थतन्त्रमा देखिएको समस्याहरूको समाधान निम्ति नीतिगत सुधारमा जोड दिएको छ । सरकारले ल्याएको अध्यादेश जुन छ त्यो पनि नीतिगत सुधारको सशक्त पहल हो । अहिले सरकारले चाँडो र छोटो समस्या सम्बोधन गर्नुपर्छ भनेर अध्यादेश ल्याएको छ । यस खालको सुधार सरकारले गर्छ भनेर कसैले अनुमान गर्नुभएको थियो ? एकसाथ सरकारले ६ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको छौँ ।”  

    त्यस्तै, उनले करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढङ्गले भुक्तानी पाउने अवस्था आइसकेको बताए ।सार्वजनिक खरिद ऐन, वातावरण ऐन, वन ऐन जस्ता विषयहरुमा सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ  । 

    उनले भने, “खासगरी जुन खालका कानुनी प्रवन्ध गरेका छौँ । सार्वजनिक खरिद ऐन वातावरण ऐन, वन ऐनहरू छन् । त्यस्ता विषयहरूमा पनि सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता छ । नियमनका प्रवन्धहरूलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि ध्यान दिनुपर्ने छ । हामी त्यसतर्फ ध्यान दिँदैछौँ । आजको मितिमा आइपुग्दा करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने र दिन सकिने त्यो अवस्था आइसकेका छौँ । भुक्तानी दायित्व आजको भन्दा पनि हिजोको प्रसङ्ग थियो । तर, पनि करिब आज त्यो दायित्व पूरा सरकार दायित्वबाट बाहिर निस्केको छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार