images
images

अर्थतन्त्र सुस्ताउदा उत्साहित अटो बजार, ६ महिनामा कति भए आयात ?

अर्थतन्त्र सुस्ताउदा उत्साहित अटो बजार, ६ महिनामा कति भए आयात ?

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • अर्थतन्त्र सुस्ताउदा उत्साहित अटो बजार, ६ महिनामा कति भए आयात ?
    images
    images

    काठमाडौँ / नेपालको इभि बजार गत बर्षको तुलनामा करिब ३ प्रतिशतले बृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष (आव)को ६ महिनामा १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ बराबरको इभि गाडि आयात भएको हो । गत बर्ष सोही अवधिमा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ बराबरको मात्रै इभि गाडि आयात भएको थियो । पछिल्लो समय नेपाली बजारमा इभि गाडिको मोह बढ्दो क्रममा छ ।

    गत बर्ष साउनदेखि पुससम्म इलेक्ट्रिक कार, जीप, भ्यान, पिकअप पावर गरी कुल ५ हजार १०७ ओटा सवारी साधन नेपाल भित्रिएकोमा यस बर्ष सोही अवधिमा ५ हजार ४८० ओटा सवारी साधन आयात भएको छ । इभि गाडि आयात बापत सरकारले पुस मसान्तसम्म ८ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको । गत बर्ष भने सरकारले इभि आयातबाट ६ महिनामा ५ अर्ब ६७ करोड ३५ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

    यसअवधिमा सबैभन्दा धेरै आयात गरिएकामा ५१ देखि १०० किलोवाट मोटर क्षमताका इभि छन् । ७ अर्ब ९६ करोड ५ लाख ११ हजार बराबरको ३ हजार १९१ ओटा यो क्षमताका गाडि ६ महिनामा नेपाल भित्रिएका हुन् । 

    त्यस्तै, ५० किलोवाट मोटर क्षमताका १ हजार ७२५ इभि आयात गरिएको छ । सो बापत ३ अर्ब १२ करोड ४३ लाख ८९ हजार रुपैयाँ बाहिरिएको छ । 
    १०१ देखि २०० किलोवाट मोटर क्षमताका ५५३ ओटा इभि आयात भएको छ । जसबापत १ अर्ब ९५ करोड २७ लाख ३६ हजार रुपैयाँ बाहिरिएको छ । 

    सबैभन्दा कम  ३०० किलोवाट मोटर क्षमताका गाडि आयात भएका छन् । ६ महिनामा यो क्षमताको गाडि २ ओटा मात्रै आयात भएको हो । त्यस्तै, २०१ देखि ३०० किलोवाट मोटर क्षमताको गाडि भने ९ ओटा आयात भएको देखिन्छ । गत बर्षको तुलनामा यस बर्ष ३७३ ओटा इभि गाडि बढी थपिएका हुन् । 

    समग्रमा गाडि आयात भने यस बर्ष ३२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको ६ महिनामा ४७ अर्ब ९७ करोड रुपैयाँ बराबरको गाडि आयात भएको विभागले जनाएको छ । गत आवको सोही अवधिमा ३६ अर्ब ३२ करोड रुपैयाँ बराबरको मात्रै गाडि आयात भएको थियो । 

    चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा १ लाख ३१ हजार ४११ वटा सवारी साधन आयात भएका छन् । भन्सार विभागको साउन–पुसको तथ्याङ्क अनुसार यो सङ्ख्या गत आवको सोही अवधिको तुलनामा ६२ प्रतिशत बढी हो । कुल सङ्ख्यामा दुई पाङ्ग्रे सवारी साधनको सङ्ख्या १ लाख ८ हजार छन् ।

    विभागका अनुसार गत वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ८२ हजार ४२ वटा सवारी साधन आयात भएका थिए । आव २०७९/८० को पुससम्म ९० हजार १०६ र २०७८/७९ को पुससम्म १ लाख ९६ हजार ३६२ सवारी साधन भित्रिएको तथ्याङ्क छ । 

    आव २०७७/७८ को ६ महिनामा सबैभन्दा धेरै सवारी साधन भित्रिएका थिए । उक्त आवको पहिलो ६ महिनामा २ लाख ५३ हजार ४५३ वटा सवारीसाधन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । त्यसपछिका तीन वर्ष अटो बजार फस्टाउन सकेन । यस बर्ष भने नेपाली अटो बजारले गति लिएको देखिन्छ । यसमा गत भदौमा नाडाले आयोजना गरेको मेलाले पनि थप भूमिका खेलेको व्यवसायीहरू बताउँछन् । 

    मन्दी चलिरहेको हुँदा समग्र आर्थिक गतिविधिमा सुस्तता छाएको व्यवसायीहरूले बताउँदै आएका छन् । विभागको तथ्याङ्कअनुसार नेपालको अटो बजार भने केही उत्साहित देखिन्छ । 

    फाइनान्सिङ सहज बन्दै जानु, ब्याजदर सस्तो हुनु, विद्युतीय गाडी आयातमा सरकारले सहुलियत दिनुजस्ता कारणले नेपालको अटो बजार त्यसमा पनि इभिको माग बढेको व्यवसायीहरूको भनाइ छ । 

    मुलुकको अर्थतन्त्रको लागि इभि गाडिलाई महत्त्वपूर्ण मानिएको छ । जसले गर्दा सरकारले पनि इभि आयातमा केही सहुलियत उपलब्ध गराउँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार