images
images

लुम्बिनी सेरामिक्सले आइपिओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

लुम्बिनी सेरामिक्सले आइपिओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • लुम्बिनी सेरामिक्सले आइपिओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक
    images
    images

    लुम्बिनी सेरामिक्स लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा  नियमनकारी निकायहरूबाट आवश्यक प्राप्त स्वीकृतिबमोजिम आइपिओ निष्काशन गर्ने भएको हो ।   

    कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्काशनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

    सो सम्बन्धी सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । 

    लामिनार टाईल्स नेपालको पहिलो र एक मात्र सत्प्रतिशत भिट्रीफाईड टाईल्स हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ । लामिनार टाईल्स् नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्स्हरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन शुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार