images
images

चालु आवको ६ महिनासम्म देशको आर्थिक तथा वित्तीय स्थिति कस्तो रह्यो ? पूर्णपाठसहित

चालु आवको ६ महिनासम्म देशको आर्थिक तथा वित्तीय स्थिति कस्तो रह्यो ? पूर्णपाठसहित

पुस मसान्तसम्म नेपाल सरकारको खर्च ६६७ अर्ब ६० करोड रुपैयाँ र राजस्व परिचालन ५५९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • images
    images
    चालु आवको ६ महिनासम्म देशको आर्थिक तथा वित्तीय स्थिति कस्तो रह्यो ? पूर्णपाठसहित
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ६ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । चालु आवको ६ महिनामा आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ ।

    images
    images

    त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतले र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, शोधनान्तर स्थिति २४९ अर्ब २६ करोडले रुपैयाँ बचतमा रहेको छ ।

    कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ । पुस मसान्तसम्म नेपाल सरकारको खर्च ६६७ अर्ब ६० करोड रुपैयाँ र राजस्व परिचालन ५५९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

    विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.२ प्रतिशतले बढेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ ।

    वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार