images
images

राष्ट्र बैंकको तथ्याङ्क भन्छ : पोहोरभन्दा महँगी बढ्यो, खाद्य तथा पेय पदार्थमा मूल्यवृद्धि उच्च

राष्ट्र बैंकको तथ्याङ्क भन्छ : पोहोरभन्दा महँगी बढ्यो, खाद्य तथा पेय पदार्थमा मूल्यवृद्धि उच्च

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • राष्ट्र बैंकको तथ्याङ्क भन्छ : पोहोरभन्दा महँगी बढ्यो, खाद्य तथा पेय पदार्थमा मूल्यवृद्धि उच्च
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको अर्थबार्षिक वित्तीय स्थिति अनुसार पुस महिनामा महँगी बढेको छ । पुस मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यबृद्धि) बढेर ५.४१ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत थियो । 

    समीक्षा अवधिमा सबैभन्दा बढी खाद्य तथा पेय पदार्थ महँगिएको छ । यो समूहको मुद्रास्फीति ७.६७ प्रतिशतले कायम हुँदा र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशतले मात्रै छ ।

    अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २८.५२ प्रतिशतले बढेको छ । 

    यसैगरी, घ्यू तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.१२ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.३५ प्रतिशतले बढेको छ । यसैरी, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिब तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म नेपालको सहरीभन्दा ग्राणी क्षेत्रमा महँगी बढेको राष्ट्र बैंकले जनाएको छ । 

    तथ्याङ्क अनुसार ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.६८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.३१ प्रतिशतले बढेको छ ।

    पुस मसान्तमा कोशी प्रदेशको मूल्यबृद्धि उच्च देखिएको छ भने गण्डकी प्रदेशको कम रहेको छ ।   कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत हुँदा गण्डकी प्रदेशको ४.३७ प्रतिशत छ । 

    त्यस्तै, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ ।

    यसैगरी, उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत रहेको छ ।

    पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.९२ प्रतिशत, २.५५ प्रतिशत र ३.१४ प्रतिशत रहेको छ । 

    यस अवधिमा निर्माण सामाग्रीको थोक मुद्रास्फीति ४.२८ प्रतिशतले घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com