काठमाडौँ / चालु आर्थिक बर्षको ६ महिना (साउन–पुस)समय ७६३ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अर्धवार्षिक अवधिमा ७६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको विप्रेषण आप्रवाह यस बर्ष भने ४.१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७९९ अर्ब ५४ करोड रुपैयँ रहेको थियो ।
पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
सङ्ख्या बृद्धि भएको छ ।
यस अवधिमा २ लाख ३० हजार ४३९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने १ लाख ६२ हजार ६२८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो
संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।