images
images

अघिल्लो बर्षभन्दा घट्यो चालु खाता र शोधनान्तर स्थिति, कति छ बचत ?

अघिल्लो बर्षभन्दा घट्यो चालु खाता र शोधनान्तर स्थिति, कति छ बचत ?

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • images
    images
    अघिल्लो बर्षभन्दा घट्यो चालु खाता र शोधनान्तर स्थिति, कति छ बचत ?
    images
    images

    काठमाडौँ / पुस मसान्तसम्म सरकारको चालु खाता १४८ अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १६२ अर्ब ५६ करोडले बचतमा थियो । 

    त्यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा छ ।

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । 

    यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह ४ अर्ब ५४ करोड रहेको थियो ।

    त्यस्तै, पुस मसान्तसम्म शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार