प्रिज्म्याटीक ब्याट्रीसहितको नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’, मूल्य ४८ लाख ९९ हजार

प्रिज्म्याटीक ब्याट्रीसहितको नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’, मूल्य ४८ लाख ९९ हजार

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • images
    images
    प्रिज्म्याटीक ब्याट्रीसहितको नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’, मूल्य ४८ लाख ९९ हजार

    काठमाडौं/  टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ । 

    आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो । 


    ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के–थ्रीमा ३६० डिग्री क्यामरा पनि उपलब्ध छ । यसमा  ९८ किलोवाट क्षमताको मोटर जडान भएर आएको छ ।

    कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ठूलो संघर्षकासाथ नयाँ मोडल ल्याइएको जानकारी दिए । उनले नयाँ केथ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैंयाँ रहेको जानकारी दिए । अहिलेको लागि ७.२ किलोवाटको एसी चार्जर गाडीसँगै उपलब्ध गराएको पनि बताए । 

    उनले भने,‘हामीले मूल्यको लागि धेरै नै सङघर्ष गर्यौं । बजारमा मूल्य कति होला भनेर धेरैले सोधिरहनुहुन्थ्यो तर एकदमै किफायती मूल्यमा नै सार्वजनिक गरेको छौं । 

    Photo (10).jpg

    ४८ लाख ९९ हजार तोकेका छौं । यसमा ७.२ किलोवाटको एसी चार्जर उपलब्ध गराएका छौं ।’ रिर्भस चार्जिङको व्यवस्था भएको पनि उनले सुनाए । 

    कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ । नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभी भारत एनक्यापमा पाँच स्टार सेफ्टी रेटिङ पाउन सफल मोडल भएको पनि कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय