images
images

सेयर बजार ७० अङ्कले बढ्दा १३ अर्बको कारोबार, ९ कम्पनीको मूल्य सर्किट लेभलमा बृद्धि

सेयर बजार ७० अङ्कले बढ्दा १३ अर्बको कारोबार, ९ कम्पनीको मूल्य सर्किट लेभलमा बृद्धि

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • सेयर बजार ७० अङ्कले बढ्दा १३ अर्बको कारोबार, ९ कम्पनीको मूल्य सर्किट लेभलमा बृद्धि
    images
    images

    काठमाडौँ / आइतबार सेयर बजार परिसूचक (नेप्से) करिब ७० अङ्कले बढेको छ । यो दिन २६६२ बिन्दुबाट खुलेको बजार २७२७ बिन्दु पुगेर थामिएको हो । 

    साताको पहिलो दिन आज नेप्सेसँगै कारोबार रकम पनि उच्च रूपमा बढेको छ । आइतबार करिब १३ अर्बको सेयर कारोबार भएको हो । 

    ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार कारोबार भएकामध्ये २०२ कम्पनीको मूल्य बढ्यो। आज ३७ ओटा कम्पनीको मूल्य बढ्दा ३ ओटाको स्थिर रह्यो । 

    त्यस्तै, ९ ओटा कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ । उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामीण विकास लघुवित्त, एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्था, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्किट लेभलमा बढेको हो । 

    यता, सामुदायिक लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । 

    आइतबारको कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको हिस्सा सबैभन्दा बढी ४१ करोड ९७ लाख रुपैयाँ रहेको छ । आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । 

    यसमध्ये लघुवित्त उपसमूह ४.९२, निर्जीवन बिमा ३.७१, लगानी ३.३८, विकास बैंक ३.१५ प्रतिशतले बढ्यो । त्यस्तै, बैंकिङ समूह २.५२ प्रतिशत, जीवन बिमा २.४३ प्रतिशत र अन्य समूह २.६३ प्रतिशतले बढेको छ । सबैभन्दा कम म्युचुअल फण्डको सूचक ०.१७ प्रतिशतले बढ्दा बाँकी समूह भने १ प्रतिशतभन्दा बढीले बृद्धि भएका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार