काठमाडौँ / नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको पुस महिनामा ब्याजदर घटेको छ । आइतबार केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरूको ८.६१ प्रतिशत र वित्त कम्पनीहरूको ९.५० प्रतिशत रहेको छ ।
अघिल्लो बर्ष पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरूको ११.४९ प्रतिशत र वित्त कम्पनीहरूको १२.७७ प्रतिशत रहेको थियो ।
यस्तै यस बर्ष पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत, विकास बैंकहरूको ५.५६ प्रतिशत र वित्त कम्पनीहरूको ६.६६ प्रतिशत रहेको छ ।
अघिल्लो बर्ष सोही महिनामा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरूको ८.५५ प्रतिशत र वित्त कम्पनीहरूको ९.६२ प्रतिशत कायम भएको थियो ।
त्यसैगरी, २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत, विकास बैंकहरूको १०.१० प्रतिशत र वित्त कम्पनीहरूको ११.१० प्रतिशत रहेको बैंकले जनाएको छ ।
अघिल्लो पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.३८ प्रतिशत, विकास बैंकहरूको १३.१४ प्रतिशत र वित्त कम्पनीहरूको १४.०९ प्रतिशत थियो।