सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब नाघ्यो, शान्ति मिसनमा डेढ लाख बढीको योगदान

सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब नाघ्यो, शान्ति मिसनमा डेढ लाख बढीको योगदान

वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • images
    images
    सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब नाघ्यो, शान्ति मिसनमा डेढ लाख बढीको योगदान

    काठमाडौँ / नेपाली  सेनाले सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जनाएको छ । आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य निर्देशनालयका निर्देशक सहायक रविन्द्र खत्रीले वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जानकारी दिए । 

    उनले भने, “वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र विभिन्न परियोजनाहरुमा लगानी सात अर्ब ७२ करोड ४४ लाख पुगेको छ ।”

    त्यस्तै, उनले निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्न सक्ने सम्भावना बढ्दै गएको बताए । 

    “निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्न सक्ने सम्भावना बढ्दै गएको छ,” उनले भने । 

    कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६० लाख लगानी रहेको उनले जानकारी दिए । 

    उनले भने, “कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ विभिन्न परियोजनामा लगानी भएको छन् । जसमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६० लाख लगानी उल्लेखनीय रूपमा रहेको छ ।”

    नेपाली सेनाले सात महिनाको अवधिमा ५६ वटा बम डिस्पोज गरेको पनि उनले बताए । उनका अनुसार हाल ११ वटा मिसनहरूमा नेपाली सेनाका महिला सैनिक ६४२ सहित कुल ५ हजार ९१३ जना शान्ति सैनिकहरूको सहभागिता छ । 

    यस्तै संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा एक लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ । 

    यस कार्यको दौरान ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको र ६९ जना सैनिकहरू घाइते भई आजीवन असहज जीवनयापन व्यतीत गरिरहेको उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय