काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव छैन। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ।
आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखी साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मङ्गलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखी साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।