काठमाडौँ / लगातार ९ दिन बढेको सेयर बजार १०औँ दिनमा भने घटेको छ । आइतबार २८९०.२८ बिन्दुमा पुगेको बजार आज १३.६२ अङ्कले घटेर २८७६.६६ बिन्दुमा झरेको हो ।
बजार खुलेको केही समयमा २९२९.२२ बिन्दुमा पुगेर नेप्से परिसूचक फर्किएको हो । लगातार बजार बढेपछि लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा नेप्से घटेको भए पनि आज कारोबार रकम भने सामान्य बढेको छ ।
आइतबार १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज भने १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस दिन सेयर बजारमा १८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५१ वटाको घटेको छ । ६ कम्पनीको मूल्य आज स्थिर रह्यो । नेप्सेसँगै आज कारोबार रकमसमेत बढेको छ ।
सोमबार ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १ लाख ३९ हजार ५५५ पटकमा किनबेच भए । आज पुँजीकरण रकम पनि घटेर ४७ खर्ब ७६ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।
सोमबार पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबैको घटेको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक १.८८ प्रतिशत, बैंकिङ समूह १.३५ प्रतिशत, हाइड्रो पावर समुह १.२१ प्रतिशत, व्यापारिक समूह ०.८४ प्रतिशत, लघुवित्त ०.८१ प्रतिशत, लगानन्ी ०.२४ प्रतिशत, वित्त ०.९३ प्रतिशत र विकास बैंक ०.८४ प्रतिशतले घटेको छ ।
यसैगरी, आज सर्वाधिक बढी अन्य समूहको परिसूचक १.६८ प्रतिशत, म्युचुअल फण्ड १ प्रतिशत, निर्जीबन बिमा ०.४६ प्रतिशत, जीवन बिमा ०.७७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको ।
सोमबार गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेर प्रतिकित्ता १२५६.४० रुपैयाँ पुगेको छ । त्यस्तै, दिव्यश्वोरी हाइड्रोपावरको सेयर मूूल्य ९.४५ प्रतिशतले बढर ४१७ रुपैयाँ, सिन्धु विकास बैंकको ७.८५ प्रतिशतले बढेर १३७० रुपैयाँ पुगेको छ भने हिमालयन रिइन्स्योरेन्सको ७.१६ प्रतिशतले बढेर १०९१.१० रुपैयाँ पुगेको छ ।
यता समाज लघुवित्तको लगानीकर्ताहरूले भने आज पनि सर्वाधिक बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हहो । प्रतिकित्ता ३१८.५० रुपैयाँले सेयर मूल्य घटेर यो कम्पनीको मूल्य २८६६.५० रुपैयाँ कायम भएको छ ।
यसैगरी, उपकार लघुवित्तको सेयर मूल्य ७.२४ प्रतिशतले घटेर प्रतिकित्ता ४६३८ रुपैयाँ कायम भएको छ । अघिल्लो सातादेखि नै कारोबार रकममा हाबी भएको पुनर्बिमा कम्पनी आज पनि शीर्ष स्थानमा नै छन् ।
आज हिमालयन रिइन्स्योरेन्सले कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीलाई उछिनेर अगाडि आएको छ । यो कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा पनुर्बिमा कम्पनीको ७३ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः १०९२.१० रुपैयाँ र १३३२ रुपैयाँ कायम भएको छ ।