ओली एक अब्बल र लोकप्रिय राजनेता : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

ओली एक अब्बल र लोकप्रिय राजनेता : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

सोमवार, फागुन १९ २०८१
सोमवार, फागुन १९ २०८१
  • ओली एक अब्बल र लोकप्रिय राजनेता : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
    images
    images

    काठमाडौँ / पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छिन् । भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा ओली दृढ रहेको भन्दै प्रशंसा गरेकी हुन् ।

    images
    images

    सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन् । 

    उनले भनिन, “म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु । ओली एक अब्बल र लोप्रिय राजनेता हुनुहुन्छ ।”

    उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन् । यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा ओलीलाई सबैभन्दा धेरै आलोचनाको पात्र बनाइएको भन्दै यसलाई हटाउन आवश्यक रहेको बताए । 

    उनले भने, “अहिले प्रहार किन भइरहेको छ, घेराबन्दी किन भइरहेको छ, यो सबैले विमर्श गर्नुपर्ने विषय हो । सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्र को हो भन्दा केपी ओली भन्ने जुन भाष्य निर्माण भएको छ यसलाई बद्ल्न सकेनौं भने हाम्रो राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन कठिन हुन्छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com