काठमाडौँ / सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ। कम्पनीले २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ फाइभजी प्रि–अर्डर गरी विशेष अफरहरूको फाइदा लिन सक्नेछन् ।
ग्यालेक्सी ए५६ फाइभजीले पहिलो पटक 'Awesome Intelligence' सहितको एआई अनुभव ल्याएको बताइएको छ। वन युुआई सेभेनद्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआइ टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएको कम्पनीको दावी छ।
साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भन्छन्, “ग्यालेक्सी A श्रृङ्खलामा सामेल भएको नयाँ Awesome Intelligence ले हाम्रो ‘AI for All’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौँ ।”
विशेष प्रि-अर्डर अफरहरू
- दुुई हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए५६ फाइभजी प्रि-अर्डर गर्न सकिनेछ।
- प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल ३ हजार ९९९ रुपैयाँमा प्राप्त गर्ने अवसर पाउनेछन्।
- रंगहरू : Awesome Graphite, Awesome Light Gray र Awesome Olive
‘सबको फोन’ र ‘अर्को स्टोर’मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ए५६ फाइभजी मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ। साथै कम्पनीले इएमआई सुविधा पनि उपलब्ध गराएको छ ।
सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शून्इ प्रतिशत ब्याजदरमा सजिलो इएमआई योजनामा पनि उपलब्ध छ । प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।
मूल्य र उपलब्धता
ग्यालेक्सी ए५६ फाइभजी को बजार उपलब्धता २४ मार्च २०२५ बाट सुरु हुनेछ। अब ढिला नगरी प्रि-अर्डर गर्नुहोस् र विशेष अफरको फाइदा लिन कम्पनीको आग्रह छ । १२ जिबी र्याम भएको २५६जिबी स्टोरेजको ग्यालेक्सी ५६फाइभजीको मूल्य ७० हजार ९९९ रुपैयाँ र ८ जिबी र्याम भएको २५६ जिबी स्टोरेजकको फोनलाई ६५ हजार ९९९ रुपैयाँ पर्नेछ ।