काठमाडौँ / नेपाल राष्ट्रर बैंकले ग्लोबल मनि विक–२०२५ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको संयोजनमा विगतका बर्षहरूमा जस्तै एभरेष्ट बैंकले यस बर्ष पनि चैत ४ गतेदेखि सप्ताव्यापी अभियान सुुरु गरेको थियो ।
उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरूबिच वित्तीय साक्षरता प्रदान गरेको छ ।
उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।
Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरूमा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरmले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएम छन् ।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।