images
images

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबिच बिमा सम्बन्धी सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबिच बिमा सम्बन्धी सम्झौता

बुधवार, चैत १३ २०८१
बुधवार, चैत १३ २०८१
  • सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबिच बिमा सम्बन्धी सम्झौता
    images
    images
    images
    images

    काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबिच बिमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

    सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो । 

    उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक  कविराज पौडेल तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका छन् । 

    सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्म राज बडु, शाखा प्रमुख हेमन्त लामिछानेलगायत सेती महाकाली ट्रक यातायात व्यवसायी संघकोतर्फबाट पदाधिकारी तथा  यातायात व्यवसायीहरुको उपस्थिती थियो । 

    सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा आवद्ध सवारी साधनहरुकोे व्यापक सवारी साधन बिमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधनअन्तर्गत भविष्यमा कुनै दाबी परेमा बिमा कम्पनीले दावी भूक्तानी प्रकृयालाई थप सरल, सहज तथा शिघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com