images
images

वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार

वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
    images
    images
    images
    images

    काठमाडौँ / काठमाडौँको नारायण गोपाल मार्गमा रहेको वेस्र्टन मोटर्सले आफ्ना टाटाका ग्राहकमध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिएको छ । 

    वेस्टर्न मोटर्स गएको मार्च महिनाको ६ तारिकदेखि ३१ सम्म टाटाका गाडी खरिद गर्ने प्रत्येक १६ जना मध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिने घोषणा गरेको थियो ।

    सोहि अनुरुप तोकिएको मितिमा जम्मा २५ वटा गाडी बिक्री भएको र एकजनालाई आईफोन १६ उपहार दिएको जानकारी दिइएको छ । 

    आईफोन १६ प्राप्त गर्नेमा ललितपुरकी रिना जोशी रहेकी छिन् । लक्की ड्र कार्यक्रममा रिना उपस्थित थिइनन् । त्यसैले उनलाई केही समयमा उक्त उपहार प्रदान गरिने जानकारी दिइयो । 

    वेस्टर्न मोटर्सका अध्यक्ष खगेन्द्र बमले आफ्नो कम्पनीबाट गाडी खरिद गर्ने गाहकलाई खुसी बनाउनका लागी मार्च महिनामा नयाँ स्किम ल्याएको जानकारी दिए । साथै उनले आगामी दिनमा पनि वेस्टर्न मोटर्सले यस्तै स्किम ल्याउँदै जाने बताए ।
     
    कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार शेरबहादुर डिसीले यसरी कम्पनीले समय समयलाई ल्याउने स्किमले ग्राहकहरूमा टाटाका सवारी साधन किन्नमा रुचि जगाउने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com