काठमाडौँ / नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । सोमबार एक सूचना जारी गर्दै साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको हो।
नोटको अग्रभागमा के छ ?
चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । त्यस्तै, दायाँतर्फ लालीगुराँसको पानी छाप देखिन्छ ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको छ।
नोटको पृष्ठ भागमा के छ ?
नोटको मध्य भाग्यको माथिल्लो खण्डमा अंगेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको छ ।
नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फाइभ लेखिएको छ । तल्लो भागको बोर्डरमा नोटको सेरिस नम्बर अंग्रेजीमा २०२४ ए.डि. लेखिएको हुनेछ ।