काठमाडौँ / नयाँ वर्षको अवसरमा मोटरसाइकल पारखीहरूका लागि केटिएमले विशेष अफर सार्वजनिक गरेको छ।कम्पनीले ल्याएको सो अफरअन्तर्गत अब केटिएम मोटरसाइकल किन्न नागरिकता मात्रै भए पुग्नेछ । मोटरसाइकल खरिद प्रक्रिया झनै सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित कम्पनीले सो अफर ल्याएको हो।
मोटरसाइकल किन्न झन सजिलो
नयाँ बर्षको अवसरमा केटिएमले मोटरसाइकल खरिद प्रक्रिया सहज बनाएको छ । कम्पनीले आकर्षक इएमई सुविधा लिएको छ । मोटरसाइकल किन्ने ग्राहकले ३६ महिनासम्म सजिलो इएमआई सुविधा प्राप्त गर्नेछन् ।
मोटरसाइकल किन्न कम लागत भए पनि पुग्छ । ४० प्रतिशत डाउन पेमन्टमै केटिएम बाइक घरमा लान सकिनेछ ।
त्यस्तै, कम्पनीले आकर्षक एक्सचेञ्ज अफरसमेत ल्याएको छ । कुनै पनि बाइक एक्सचेञ्ज गर्दा थप १५ हजार मूल्यमा एक्सचेञ्ज गर्न सकिनेछ ।
त्यस्तै, सो अफरअन्तर्गत विशेष बोनसको सुविधासमेत ल्याइएको छ । हरेक खरिदमा नयाँ ब्ष्चयज हेल्मेट र केटिएम प्रिमियम गिफ्ट प्याकसमेत उपहारमा पाइनेछ ।
हरेक राइडरका लागि केटिएम
सबैका लागि केटिएम नेपालले अफर सार्वजनिक गर्दै दैनिक प्रयोगकर्तादेखि एड्भेन्चर प्रेमीहरूसम्मका लागि उपयुक्त मोडलहरू उपलब्ध गराएको जानकारी दिएको छ।
उच्च प्रदर्शन, स्टाइलिश डिजाइन र विश्वसनीय ब्रान्डको रूपमा परिचित केटिएम अब सीमित अवधिका लागि झन् सजिलै खरिद गर्न सकिने भएको हो। नेपालभर लागू यो विशेष अफर नेपालभरका सबै अधिकृत केटिएम सोरुमहरूमा उपलब्ध हुनेछ।