images
images

पोखरामा गण्डकी कोटीहोमका कार्यक्रम सुरु, बैशाख ६ गतेदेखि देवी प्रतिभाको प्रवचन

पोखरामा गण्डकी कोटीहोमका कार्यक्रम सुरु, बैशाख ६ गतेदेखि देवी प्रतिभाको प्रवचन

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • पोखरामा गण्डकी कोटीहोमका कार्यक्रम सुरु, बैशाख ६ गतेदेखि देवी प्रतिभाको प्रवचन
    images
    images
    images
    images

    पोखरा / पोखरा महानगरपालिका-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञका विभिन्न कार्यक्रमहरु शुरु भएका छन् । 

    मानवसेवा फाउण्डेशनको आयोजना हुने वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम अन्य धार्मिक कार्यक्रमहरु जारी छन् ।

    महायज्ञका लागि पण्डाल निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । कोटीहोमका मिडिया संयोजक लेखराज ढकालका अनुसार महायज्ञको तयारी अन्तिम चरणमा छ ।

    ‘महायज्ञको तयारी अन्तिम चरणमा छ । केही पन्डालबाट बाल वाचिका अनुराधा पाण्डेबाट प्रवचन सुरु भइसकेको छ । महायज्ञको पूर्वसन्ध्यामा प्रवचनहरु भइरहेको हो । बाँकी चारपाँच पन्डालहरुको तयारी गरिरहेका छौं । अब त्यहाँबाट पनि प्रवचनहरु सुरु हुन्छ । पोखराको बिरौटामा करिब एक सय रोपनी क्षेत्रफलमा हाम्रो कार्यक्रम छ,’ उनले भने, ‘चैत्र २९ गतेदेखि बाल वाचिका अनुराधा पाण्डेले प्रवचन गरिरहनुभएको छ । उहाँले बैशाख ५ गतेसम्म प्रवचन दिनुहुनेछ । त्यसपछि भागवत वाचिका देवी प्रतिभा भारतबाट आउँदै हुनुहुन्छ । उहाँ बैशाख ५ गते आउनुहुने र ६ गतेबाट १८ गतेसम्मै प्रवचन गर्नुहुनेछ ।’

    बैशाख ३ गते लेकसाइडमा क्षमा पूजा गर्ने र बिरौटामा भूमि पूजा गरेर मुख्य हवनकुण्ड गर्ने तयारी आयोजकको छ । कोटिहोममा पण्डित दिनबन्दु पोखरेल, चन्द्रकला सखि, चैतन्य कृष्ण महाराजलगायत रहेको र भारतबाट जगत गुरुहरु आउने कार्यक्रम रहेको पनि ढकालले जानकारी दिए । 

    काठमाडौँको पशुपतिनाथ परिसरमा आयोजना गरिएको कोटिहोम भन्दा १० गुणा ठूलो पोखरामा कोटिहोम हुने आयोजकको दाबी छ ।  ‘पोखरामा एकसय वटा हवनकुण्ड रहनेछन् । घर जस्तै बलिया ठूला पन्डालहरु बनाएका छौ । धेरै मानिसहरु हामीसँग जोडिन आइरहनु भएको छ,’ ढकालले भने ।

    पोखराको कोटिहोममा करिब ५० जिल्लाबाट स्वयम्सेवकहरु सहभागी भएको फाउन्डेसनले जनाएको छ । ‘उहाँहरु पहिला पशुपति कोटिहोममा पनि जोडिनुभएको थियो । निःशुल्क रुपमा श्रमदान गरिरहनु भएको छ,’ मिडिया संयोजक ढकालले भने ।  
    कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ ।

    यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।

    कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले यसअघि नै अनुरोध गरिसकेको छ ।

    विजय कृष्णमूर्ति अर्थात विजय भण्डारीको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेसनले यसअघि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको बाराही घाटमा ‘ऐतिहासिक कोटिहोम गर्ने तयारी गरेपनि पछि बिरौटामा गर्ने निर्णय गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com