images
images

नेप्से परिसूचक सामान्य बढ्दा घट्यो कारोबार रकम, विकास बैंक र हाइड्रोमा आकर्षण

नेप्से परिसूचक सामान्य बढ्दा घट्यो कारोबार रकम, विकास बैंक र हाइड्रोमा आकर्षण

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • नेप्से परिसूचक सामान्य बढ्दा घट्यो कारोबार रकम, विकास बैंक र हाइड्रोमा आकर्षण
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / बुधबार सेयर बजार सामान्य अङ्कले बढेको छ । मङ्गलबार २७.१४ अङ्कले बढेको नेप्से परिसूचक आज भने ७ अङ्कले मात्रै बढेको हो । यस दिन नेप्से ७.०१ अङ्कले बढेर २६९६.२३ बिन्दुमा पुगेको हो ।

    कारोबार अवधिभर आज १४७ कम्पनीको मूल्य बढेको छ भने ९७ ओटाको घटेको छ । कारोबार रकम पनि यसअघिको तुलनामा घटेको छ । मङ्गलबार ८ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएकोमा आज घटेर ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँ कायम भएको छ । 

    बुधबार ३२९ स्टकको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ६४ हजार ३६० पटकमा खरिद बिक्री भएको छ । आज सेन्सेटिभ इण्डेक्स १.३० अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अङ्कले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अङ्कले बढेको छ। 

    हाइड्रो र विकास बैंकमा आकर्षण 

    बुधबार कारोबारमा आएका ७ वटा सेक्टरको परिसूचक बढेको छ भने बाँकी ६ ओटाको घटेको छ । बढेको समूहमध्ये हाइड्रो पावर समूह र विकास बैंक भने लगानीकर्ताको आकर्षण बन्यो ।

    यस दिन सर्वाधिक बढी हाइड्रो पावर समूह १.६३ प्रतिशतले बढेको छ भने विकास बैंक १.११ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, निर्जीबन बिमा ०.५५ प्रतिशत, म्युचुअल फण्ड ०.३६ प्रतिशत, जीवन बिमा ०.०५ प्रतिशत, व्यापार ०.११ प्रतिशत, निर्जीबन बिमा ०.५५ प्रतिशत र बैंकिङ समूह ०.३९ प्रतिशतले बृद्धि भएको छ । 

    यता, अन्य समूह सबैभन्दा बढी १.०७ प्रतिशतले घटेको छ भने लघुवित्त ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१६ प्रतिशत, होटल तथा पर्यटन ०.१६ प्रतिशत, लगानी समूह ०.३५ प्रतिशत र वित्त समूह ०.६७ प्रतिशतले घटेको छ । 

    सर्किट लेभलमा बढ्यो ४ कम्पनीको मूल्य 

    बुधबार चार ओटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ । 

    यसैगरी, राधी विद्युत कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बृद्धि भएको छ । यता, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक बढी ५.५५ प्रतिशत र सिन्धु विकास बैंकको मूल्य ४.३९ प्रतिशतले बृद्धि भएको छ । 

    बुधबार ङादी ग्रुप पावरको सेयर कारोबार सर्वाधिक बढी भएको छ । यो स्टकको आज ५९ करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

    यसैगरी, राधी विद्युत कम्पनीको ५० करोड ७२ लाख १० हजार रुपैयाँ, बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख ७४ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४० करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com