images
images

मजदुर र मलको अभावबिच आलु उब्जाएर तीन महिनामा ८  लाख आम्दानी

मजदुर र मलको अभावबिच आलु उब्जाएर तीन महिनामा ८  लाख आम्दानी

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • मजदुर र मलको अभावबिच आलु उब्जाएर तीन महिनामा ८  लाख आम्दानी
    images
    images
    images
    images
    images
    images

    सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनको सम्पूर्ण लागत खर्च हो, छ लाख । यो लागतमा उनले करिब १४ लाखको आलु उत्पादन गरेको बताए । 

    तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ ।  १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख चोखो आम्दानी भएको उनले बताए । 

    ‘समस्या विभिन्न छन्, मजदुर, खाद्यमलको अभाव छ । र, पनि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो स्वदेश मै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने ।   

    भोक्राहाका अधिकांश किसानले हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती रोज्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । 

    जहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु फल्ने गरेको उनले बताए । कृषि ज्ञान केन्द्र समग्रमा वार्षिक तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com