काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले बिहीबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १५५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८३ पैसा र बिक्रीदर २० रुपैयाँ ९२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।