images
images

‘ट्रेड वार’ले सुनमा थुप्रियो लगानी, अब १ तोला सुनको गहनालाई २ लाख १९ हजार पर्ने !

‘ट्रेड वार’ले सुनमा थुप्रियो लगानी, अब १ तोला सुनको गहनालाई २ लाख १९ हजार पर्ने !

सहरका पसलमा भीड देखिन्छ तर छैन व्यापार, अझै कति पुग्ला सुनको मूल्य ?

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • ‘ट्रेड वार’ले सुनमा थुप्रियो लगानी, अब १ तोला सुनको गहनालाई २ लाख १९ हजार पर्ने !
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / पछिल्लो समय सुनको मूल्यमा अस्वभाविक बृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा अत्याधिक माग बढ्दै गएपछि सुनको मूल्य आकाशिएको हो । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा विश्व बजारमा सुनको मूल्य घट्ने अनुमान गरिएको थियो । तर, उनले लिएको कर नीतिका कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिएको छ । कल्पना नै नगरिएको घट्नाक्रमले सुनको मूल्य बढाइरहेको 
    नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए । 

    अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीतिले अन्य व्यवसायिक क्षेत्रहरू धरासायी बन्दै गएकाले सुनमा लगानी बढिरहेको उनको भनाई छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सामानमाथि अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका छन् । 

    जसको बदलामा अन्य देशहरूले पनि अमेरिकी सामानमा अतिरिक्त कर लगाउने चेतावनी दिइरहेका छन् । चीनले अमेरिकालाई व्यापार युद्ध गर्न आफूहरू नडराएको चेतावनीसमेत दिइसकेको छ । व्यापार युद्ध निम्तिने भयले लगानीकर्ताहरू अन्य क्षेत्रको लगानीसमेत सुनमा ल्याइरहेका छन् । 

    शाक्य भन्छन्, “डोनाल्ड ट्रम्पले १६५/१७० देशलाई अतिरिक्त कर लगाउने घोषणा गरे । ती देशहरूले पनि ट्रम्पलाई करको बदला आफूहरूले पनि कर लगाउे बताए । जसले गर्दा विश्वकै अर्थतन्त्रमा ठुलो हलचल ल्यायो । विश्वका उद्योगधन्दाहरू धरासायी अवस्थामा छन् । सेयर बजार घट्दा क्रममा छ । जसले गर्दा सुनमा लगानी थुप्रियो र भाउ बढ्यो ।” 

    अमेरिकाले लगाएका कर र व्यापार युद्धको चिन्ताले अन्य क्षेत्रको लगानी खुम्चिरहेको छ । अमेरिकीहरू नै अहिले ट्रम्पले लिएको नीतिको विरोधमा उत्रिएका छन् । अलिअलि पैसा भएकाहरूले सुरक्षित लगानीका लागि सुन रोजेसँगै अहिले विश्व बजारमा सुन आकाशिएको शाक्यले जानकारी दिए । 

    कति पुग्ला सुनको मूल्य ? 

    केन्द्रीय बैंकहरूले आर्थिक मन्दि र बजारमा सङ्कट देखिएमा मौज्दात बृद्धि गर्न सुन नै किनेर राख्ने गर्छन् । जसले गर्दा बजारमा सुनको माग उच्च हुने गर्छ । मूल्य निरन्तर वृद्धि भइरहेको अवस्थामा चीनले भने मार्चमा सुनको भण्डार विस्तार गरेको छ।

    पिपुल्स बैंक अफ चाइनाले लगातार पाँचौँ महिनामा भण्डार विस्तार गरेको हो । अहिले देखिएको समस्या र व्यापार युद्धको अवस्था अन्त्य भइहाल्ने अवस्थामा देखिदैन । यसर्थ, सुनको भाउ अझै बढ्ने महासंघका संस्थापक अध्यक्ष शाक्य बताएँछन् । 

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ३३२ डलरमा कारोबार हुँदैछ । अब यो मूल्य अझै बढ्ने अनुमान गरिएको छ । सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम  हुन्छ । सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ । त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ ।  अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ मा सुनको भाउ २७ प्रतिशत बढ्यो । 

    सन् २०२५ मा पनि सोही हाराहारीमा वृद्धि हुने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य तोकिन्छ ।

    नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन । नेपालमा रहेका सुनचाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन् ।

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो । १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको थियो । जसले गर्दा गत कार्तिक महिनामै सुनको भाउ १ लाख ७१ हजार तोला पुगेको थियो । 

    सरकारले बिचमा भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि असोज ११ मा मूल्य समायोजन भयो र सुन तोलामा करिब १६ हजार रुपैयाँ सस्तो पर्न आयो । 

    भन्सार दर घटेसँगै केही महिना नेपाली बजारमा सुनको मूल्यले अघिल्लो रेकर्ड ब्रेक गर्न सकेन । तर, ट्रम्पको कर नीतिले भने विश्वमा व्यापार युद्धको सङ्केत दियो । फलस्वरूप अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च बृद्धि भयो । 

    करको बदला कर लगाउने अन्य देशहरूका घोषणापछि ट्रम्पले ट्यारिफ लगाउने आफ्नो निर्णयलाई होल्ड गरेको भए पनि सुनको भाउ भने घट्नुको सट्टा झनै बढिरहेको छ । 

    शक्तिशाली मुलुकहरूबिच व्यापार युद्धको खतराले अन्य मुलुकका केन्द्रीय बैंकहरूले पनि सुनको भण्डार बढाउँछन् । जसले गर्दा मागसँगै मूल्यसमेत बढ्छ । यस्तै अवस्था भइरहेका यो महिनाभित्रै सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नाघ्ने शाक्य बताउँछन् । 

    अब एक तोला सुनको गहना बनाउन कति लाग्छ ? 

    सुनको गहना बनाउन डिजाइन र जर्ती अनुसारको खर्च लाग्ने महासङ्घका संस्थापक अध्यक्ष शाक्य बताउँछन् । अहिले सुन महँगो भएका कारण थोरै सुनको प्रयोगले ‘स्टाइलिस’ गहना बनाउने प्रचलन बढेको उनको अनुभव छ । 

    ज्याला र जर्ती गरेर सुनबाहेक १५ प्रतिशत बढी खर्च लाग्ने उनले बताए । यद्यपि, धेरै डिजाइन गर्नेपर्ने र जर्ती बढी लाग्ने गहनामा भने अझै बढी पर्न जान्छ । अहिले सबै क्षेत्रमा महँगी बढेकाले कालीगढले लिने शुल्क पनि बढेको उनको भनाई छ । सामान्यतयाः एक तोलामा सुनको गहना बनाउन ज्याला र जर्ती गरेर थप १५ प्रतिशतले लाग्छ । 

    आज बिहीबार सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । जसमा १५ प्रतिशत अर्थात २८ हजार २९० रुपैयाँ थप गर्दा २ लाख १९ हजार १९० रुपैयाँ पर्न आउँछ । 

    सहरका पसलमा भीड देखिन्छ तर छैन व्यापार

    नेपालमा एक महिनामा सुनको भाउ तोलामा १६ हजार ५ सय रुपैयाँले बढेको छ । २०८१ चैत ४ गते तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ एक महिनाभित्र बढेर १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो । सुनको भाउ बढ्दा माग र व्यापार पनि घटेको शाक्य बताउँछन् । नेपाल राष्ट्र बैंकले बैंकहरूले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने सीमा कायम गरेको छ । 

    बैंकहरूले सुन आयात गरी व्यवसायीलाई बिक्री वितरण गर्छन् । अहिले व्यवसायीहरू बैंकसँग सुन लिन सक्ने अवस्थामा नभएको उनले बताए । उनी भन्छन्, “बजारमा गहना बिक्री हुनेभन्दा फिर्ता हुने बढी छ । त्यसैले अहिले पसलमा नयाँ भन्दा बढी पुराना गहना पाइन्छ ।”

    मूल्य बढेसँगै अहिले ८/१० किलो सुन पनि सप्लाई हुन कठिन अवस्था रहेको उनले बताए ।सहरका पसलमा भीड बढेको देखिए पनि व्यापार भने नभएको उनको गुनासो छ । सुन किन्ने भन्दा डिजाइन हेर्ने मान्छे बढी आउँदा ब्यापार भन्दा भीड बढी हुने गरेको उनले बताए । ग्रामीण क्षेत्र र सहरका भित्री भागमा रहेका पसलमा मोवाइल चलाएर बस्ने बाहेकको काम नभएको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com