काठमाडौँ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार चारवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
ती निर्माण कम्पनीलाई एक वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । कालो सूचीमा पर्नेमा बिल्ड ब्रदर्श कन्सट्रक्सन, टोखा न.पा.१०, गोङ्गबु काठमाडौँ, एस.एम कन्स्ट्रक्सन, हटिया–१ म्कवापनुर, राना फर्निचर सःमिल उद्योग, मध्यनेपाल न.पा.–४, लमजुङ र गौरीगोमा निर्माण सेवा शारदा नगरपालिका–८ सल्यान रहेका छन् । यी कम्पनीहरू १ बर्षदेखि डेढ बर्षसम्मका लागि कालोसूचीमा परेका हुन् ।