images
images

सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी व्यवस्था हो : गगन थापा

सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी व्यवस्था हो : गगन थापा

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी व्यवस्था हो : गगन थापा
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पुँजीवादी व्यवस्था रहेको बताएका छन् । शुक्रवार नयाँ वर्ष २०८२ को शुभकामना तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले पूँजीवादी आर्थिक व्यवस्था भित्र नाफा हुने भन्दै पूँजीवादी व्यवस्था उत्कृष्ट रहेको बताएका हुन् ।  

    उनले भने,‘मानव समाजलाई अगाडि बढाउने सन्दर्भमा राजनीतिक प्रणालीका हिसावले सबैभन्दा उत्कृष्ट प्रणाली लोकतन्त्र प्रणाली हो । 
    अर्थतन्त्रलाई अगाडि बढाउने हिसावमा सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी  आर्थिक व्यवस्था नै हो । त्यो पूँजीवादी  आर्थिक व्यवस्था भित्र नाफा हुन्छ । नाफा कसरी कमाउने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

    उनले निजी क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै निजी क्षेत्रलाई सबैले मद्दत गर्नुपर्ने बताए । 

    ‘निजी क्षेत्र र विचौलिया फरक कुरा हो । हामीले निजी क्षेत्रलाइ प्रोत्साहन गर्ने, मद्दत गर्ने र विचौलियाको प्रवृतिलाई निरुत्साह गर्ने हो । पुँजीवादी अर्थ व्यवस्था भित्र विचौलियाको ठाउँ हुदैन,’ उनले भने ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com