images
images

सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज

सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज

शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
    images
    images
    images
    images
    images
    images

    इलाम / सूर्योदय नगरपालिकामा स्थानीय सडक ३३३ वटा छन् । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारमा छुट्याइएका ती सडक १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर  ग्राभल र ६६८ दशमलव ९३ किमी कच्चि (माटे) बाटो रहेको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले बताए । 

    नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई १२ महिना सवारीसाधन सञ्चालन गर्ने गरी निर्माण गर्ने योजनाअनुसार चार वर्षअघि नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियो । 

    गुरुयोजनाअनुसार २८ वर्षमा नगरभित्रका सडक निर्माण भइसक्ने उल्लेख छ । हालसम्म १३ दशमलव पाँच किमी कालोपत्रे, ८३ दशमलव ०८ किमी ग्राभल गरिएको छ भने ६६८ दशमलव ९३ किमी सडक स्तरउन्नतीको क्रमममा रहेको नगरप्रमुख रणबहादुर राईले बताए ।

    उनका अनुसार, नगरपालिकाभित्र स्ट्राटेजिक रोड नेटवर्क ९एसआरएन० अन्तर्गतका ठूला तीन सडक छन् । जसअनुसार पर्ने मेची राजमार्ग, फिक्कल–पशुपतिनगर र छिपिटार–श्रीअन्तु सडकको कालोपत्रे ४८ दशमलव २० किमी, ग्राभल २ दशमलव ४५ किमी र माटेबाटो २ दशमलव ४१ किमी पर्छ । 

    सूर्योदयमा डिस्ट्रिक्ट रोड केयर नेटवर्क ९डीआरसीएन० अन्तर्गत १० दशमलव ८३ किमी कालोपत्रे, १६ दशमलव १२ किमी ग्राभल र ३६ दशमलव ५६ किमी मोटर बाटो छन् ।

    सडकको व्यवस्थित र योजनावद्ध तरिकाले निर्माण गरी जनताको जिवनस्तर सुधार गर्न नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाइएको नगरप्रमुख राईको भनाइ छ ।

    ‘पुरानै शैलीमा सडक निर्माणका काम गरिए नगरभित्रका सडक पुरै ग्राभेल गर्न १२८ वर्ष लाग्ने देखियो ।’ उनले भने, ‘जनताका घरमा पुग्ने सडकको व्यवस्थित तरिकारले स्तरोउन्ती गर्ने कामका लागि गुरुयोजना बनाएरै सडक पूर्वाधार निर्माण सुरुआत गरेका थियौँ । अहिले काम धमाधम छ ।’

    सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आगन छेउको बाटो कालोपत्रे भइरहेको देख्दा सपनाजस्तै लागेको छ । उनलाई मात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका गाउँका नागरिक स्थानीय सरकारले बाटो कालोपत्रे गर्न सुरु गरेपछि उत्साहित देखिएका छन् ।

    सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एक वटा ‘अल वेदर’ सडक छन् । वडाका सबै गाउँमा जाडिने मुख्य बाटोका रूपमा रहेका ती सडकलाई प्राथमिकतामा राखेर स्तरउन्नति गर्दै आएको नगरपालिकाले यतिबेला उक्त सडक कालोपत्रेको चरणमा पुर्याएको छ । 

    गाउँमा सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहित भएका हुन् ।

    स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले एक वडा एक ग्राभल सडक निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदयका १४ वटै वडाका एक÷एक वटा सडक ग्राभेल गर्ने काम हुँदै हाल कालोपत्रेको चरणमा आएको नगरपालिकाका सिभिल इञ्जिनियर सापकोटाले बताए ।

    अहिलेको दररेट अनुसार नगर क्षेत्रका सडक ग्राभेलका लागि तीन अर्ब २० करोड २७ वर्षभित्र खर्च गर्नुपर्ने छ ।

    गाउँ–गाउँमा सडक कालोपत्रे हुन थालेपछि यहाँका कृषि उपज बजारसम्म पुर्‍याउन किसानलाई सहज भएको छ । सूर्योदय–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमाक्षेत्र मानेभञ्ज्याङ बजारमा बिक्री गर्न लैजान्छन् । 

    पैदल यात्रा गर्न करिब तीन घन्टा लाग्नेमा सडक बनेपछि अहिले उनलाई बजार पुग्न सहज भएको छ । विगतमाभन्दा ग्रामीण क्षेत्रका किसानलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई तत्काल अस्पताल पुग्न सजिलो भएको स्थानीयको भनाइ छ । 

    सडक गुरुयोजनाअनुसार सूर्योदय नगरपालिकाभित्रका सडकमा सबैभन्दा बढी दुईपाङ्ग्रे मोटरसाइकल प्रयोग हुँदै आएका छन् । नगरस्तरीय सडकमा ४५ प्रतिशत मोटरसाइकल प्रयोग हुन्छन् । त्यस्तै जिप कार २६ प्रतिशत, ट्रयाक्टर १७ प्रतिशत र ट्रक बस १२ प्रतिशत नगरपालिका भित्र गुड्ने गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com