आज विक्रम संवत २०८२ साल बैशाख ८ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ अप्रिल २१ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, बैशाख कृष्णपक्ष, अष्टमी तिथी, दिउँसो २ बजेर ७ मिनेट उप्रान्त नवमी, उत्तराषाढा नक्षत्र, आनन्दादिमा-मृत्य योग, चन्द्रराशि-मकर ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्र स्थिर र लाभदायक देखिन्छ। नयाँ कामबाट मनग्गे आम्दानी हुने सम्भावना छ। व्यापारमा फाइदा मिल्नेछ भने रोजगारी खोज्नेहरूलाई अवसर प्राप्त हुनेछ। विशेष कर्म प्राप्तिको योग रहेकोले सजगता आवश्यक छ। लगनशीलताले समस्याको समाधान हुनेछ। तर विरोधीहरूको चुनौती झेल्नुपर्ला, त्यसैले होसियारी अपनाउनु राम्रो हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बन्द व्यापार फस्टाउँदै जानेछ र नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ। रोकिएका आर्थिक काम पुनः सुरु हुने संकेत छन्। नोकरी वा पेशामा क्षमताको मूल्याङ्कन हुनेछ। सरकारी र प्रशासनिक क्षेत्रमा सहभागिता बढ्न सक्छ। पहिलेका काम बन्नाले नयाँ आर्थिक अवसर आउन सक्छन्। चुनौतीका बीच योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक क्षेत्र केही चुनौतीपूर्ण देखिन्छ। तत्काल लगानी नगर्नु उपयुक्त हुनेछ भने नयाँ काम थाल्न पनि समय पर्खनु राम्रो हुनेछ। श्रमअनुसार लाभ नपाउने सम्भावना छ। आर्थिक संकटका कारण सञ्चित रकम खर्चिन सक्छ। वैदेशिक कार्य अघि बढ्ने सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिनु राम्रो हुनेछ। शुभचिन्तकको साथले तत्काल समस्या समाधान हुने संकेत छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारी व्यापार तथा उद्योगबाट लाभ कमाउन सकिनेछ। शेयरबजारमा पनि नाफाको सम्भावना देखिन्छ। कार्यक्षेत्रमा सक्रियता बढ्नेछ र लगनशीलताले महत्वकांक्षी योजना पूरा हुनेछ। भौतिक साधन जुट्नाले पेसा-व्यवसायमा उत्साह आउला। उठ्नुपर्ने रकम हातलागी हुनेछ। अप्ठ्यारा परिस्थितिमा समेत समाधान निकाल्न सकिनेछ। नयाँ अवसर र आर्थिक प्रगति सम्भव छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा लाभ र श्रमको उचित मूल्याङ्कन हुनेछ। अफिसियल यात्राबाट अपेक्षित उपलब्धि मिल्ने सम्भावना छ। रोकिएको काम लगनशीलताले अघि बढ्नेछ। यद्यपि केही काम अड्किन सक्छन् र दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अवसरवादीहरूबाट सतर्क रहनुहोस्। तत्काल लाभ नहुन सक्छ तर दीर्घकालीन पूर्वाधार तयार गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामलाई निरन्तरता दिन सके आर्थिक लाभ मिल्नेछ। बौद्धिक तथा वित्तीय क्षेत्रमा व्यापार फस्टाउनेछ। सिर्जनात्मक कामबाट नाम र दाम दुवै कमाउने सम्भावना छ। प्रतिष्ठित कार्य सम्पन्न हुने र मिहिनेतको सकारात्मक परिणाम देखिनेछ। अवसरको सदुपयोग गर्न परिश्रम आवश्यक हुनेछ। दैनिकी सहज चल्नेछ, तर स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कामबाट आर्थिक लाभ मिल्नेछ। प्रयत्न गरेका कार्यहरू सजिलै सम्पन्न हुनेछन् भने सवारी साधनको व्यापारमा मेहनतअनुसार नाफा सम्भव छ। फजुल खर्च र उल्झनले आर्थिक चाप बढाउन सक्छ, त्यसैले खर्चमा संयम आवश्यक छ। श्रम अनुसार प्रतिफल ढिला हुन सक्छ, तर सुधारात्मक कदमले फाइदा दिलाउनेछ। नियमअनुकूल लचिलो रणनीति अवलम्बन गर्नु उपयुक्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यशैलीमा सुधार ल्याउँदा लाभ हुनेछ। व्यवसायबाट मनग्गे आम्दानी हुनेछ र घरपरिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। आफन्तको सहयोगले काम अघि बढ्नेछ। प्रक्रिया जटिल हुनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। मिहिनेतले प्रतिस्पर्धामा सफलता मिल्नेछ। भौतिक साधन जुटेर दिगो योजना अघि बढ्नेछ, तर आफ्नै सहयोगीबाट बाधा आउन सक्छ, सचेत रहनुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति मिल्दैन भने नयाँ काम सुरु गर्न केही समय पर्खनु उचित हुनेछ। नियमित कामबाट सामान्य फाइदा भइरहनेछ, तर कर्जा र उधारो व्यापारमा सावधानी अपनाउनुहोस्। प्राथमिकता नदिँदा पछि पर्न सकिन्छ। व्यापारमा आम्दानी बढ्नेछ, जसले उत्साह दिन्छ। कला वा साहित्यबाट पनि आर्थिक फाइदा मिल्ने सम्भावना छ। सावधानीपूर्वक काम गर्दा सफलता सम्भव छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सकारात्मक ऊर्जाले भरिपूर्ण समय रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर पाउने सम्भावना छ। सहयोगीहरूको साथ मिल्नेछ । प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। व्यापारमा लगानी गर्दा भविष्यमा लाभ मिल्नेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ र नयाँ कामका प्रस्ताव आउन सक्छ। विगतका सफलताले थप प्रेरणा दिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा नयाँ विचारहरू उत्पन्न हुनेछन् र भविष्यका लागि योजना बनाइनेछ। संगीत वा कलासँग सम्बन्धित व्यवसायमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा तारिफयोग्य काम सम्पादन हुने योग छ । जसले गर्दा पद प्रतिष्ठा प्राप्त हुनेछ। खर्च भए पनि रोकिएका काम बन्नेछन् । लामो यात्रा र वैदेशिक क्षेत्र लाभदायक रहनेछन्। व्यवसायमा लगानी बढाउनुपर्नेछ, तर तत्काल लाभको चक्करमा भविष्यमा नोक्सान हुन सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । जसले गर्दा अनावश्यक खर्च बढ्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनीतिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन्। कार्यक्षेत्रमा एक कार्य सिध्याएर मात्र अर्को थाल्न उपयुक्त हुनेछ। कृषि र पशुपालन व्यवसायमा लगानी गर्दा राम्रो आम्दानी हुनेछ। खनिज पदार्थ र पानीसँग सम्बन्धित कामबाट पनि लाभ हुने सम्भावना छ। शिक्षा र बैंकिङ क्षेत्रबाट पनि आयको स्रोत बढ्नेछ। मिहिनेतले राम्रो परिणाम दिनेछ र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने उपयुक्त समय छ।