images
images

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, लामो ब्याट्री लाइफ, सहज संचालन र आकर्षक डिजाइन

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, लामो ब्याट्री लाइफ, सहज संचालन र आकर्षक डिजाइन

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • पकेटमा रकेट :  रेडमी ए५ नेपालमा सार्वजनिक, लामो ब्याट्री लाइफ, सहज संचालन र आकर्षक डिजाइन
    images
    images
    images
    images
    images
    images

    काठमाडौं/  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी ए ५ सार्वजनिक गरेको छ । 

    रेडमी ए५ एक आकर्षक र अनुपम विशेषताहरू समेटिएको स्मार्टफोन हो । जसमा स्पष्ट फोटो, लामो ब्याट्री लाइफ, सहज संचालन र आकर्षक डिजाइन प्रदान गर्ने क्षमता रहेको छ । 

    प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको, रेडमी ए ५ ले स्मार्ट फोनको सम्पूर्ण अनुभव प्रदान गर्दछ ।

    “खुसिको ग्यारेन्टी, २ वर्ष वारेन्टी” ट्यागलाइन सहित आएको यस रेडमी ए ५ मा २ वर्षको वारेन्टी भएकोले निर्धक्कसँग लामो समयसम्म फोन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

    उच्च गुणस्तरको ३२ मेगापिक्सेल डुअल क्यामेरा सिस्टम, १२० हर्ज रिफ्रेस रेटका साथ ६.८८ इन्चको ठूलो डिस्प्ले, लामो समयसम्म चल्ने ५२०० एमएएच ब्याट्री र प्रयोगकर्ताहरूलाई पूर्ण स्मार्टफोनको अनुभव दिलाउन शक्तिशाली अक्टा–कोर प्रोसेसरलाई रेडमी ए५ ले संयोजन गरेको छ । 

    नाइट फोटोग्राफी, आई कम्फर्ट डिस्प्ले, स्लीक डिजाइन, डायनामिक मेमोरी विस्तार र टिकाउ निर्माण जस्ता सुविधाहरू सहित, रेडमी ए५ लाई किफायती मूल्यमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दै प्रयोगकर्ताहरूको दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको हो ।

    शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वी यसबारे बोल्दै भन्नुभयो, “नेपालमा रेडमी ए५ प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व लागेको छ । यो स्मार्टफोन सबैको पहुँचयोग्य मूल्यमा स्टाइलिश डिजाइन, सहज कार्यसम्पादन र भरपर्दो फोटोग्राफी सुविधाहरू सहित आएको छ ।

     ३२ मेगापिक्सेलको क्यामरा, ठूलो र उज्यालो १२० हर्ज डिस्प्ले र लामो समयसम्म टिक्ने ब्याट्रीसहित, रेडमी ए५ हाम्रा प्रयोगकर्ताहरूको दैनिक आवश्यकताहरू पूरा गर्न बनाइएको हो ।“


    एआई डुअल क्यामेरासँग स्पष्ट फोटोहरू
    शक्तिशाली ३२ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा सहित, रेडमी ए ५ ले सजिलैसँग स्पष्ट र विस्तृत फोटोहरू खिच्छ । 

    पोट्र्रेट वा ल्यान्डस्केप, जस्तो फोटो भएनी, यसको स्मार्ट क्यामरा प्रणालीले प्रत्येक शटलाई उत्कृष्ट बनाउँछ। साथै यसमा भएको नयाँ स्टाइलिश क्यामरा वाटरमार्कले फोटोहरु अझै आकर्षक बनाउँछ ।

    चम्किने फ्रन्ट क्यामेरा
    सेल्फी प्रेमीहरूका लागि, ८ मेगापिक्सेल फ्रन्ट क्यामेराले सधैं पर्फेक्ट शट दिन्छ । चाहे भिडियो कल वा सेल्फ–पोट्र्रेट, यसमा समावेश भएको  फिल लाइटले अँध्यारो वातावरणमा समेत अनुहारलाई उज्यालो देखाई हरेक शटको गुणस्तर उत्कृष्ट रहन्छ ।

     इमर्सिभ डिस्प्ले अनुभव
    ६.८८ इन्च उच्च रिफ्रेश रेट डिस्प्ले, १२० हर्ज अडाप्टिभ सिंक रिफ्रेश रेट र २४० हर्ज टच स्याम्पलिङ रेट र ठूलो स्क्रिन भएकोले  पढ्न वा भिडियो हेर्नको लागि यो स्मार्टफोन  धेरै उपयुक्त छ ।
     
    स्टाइलिश र आकर्षक डिजाइन
    यसको फ्ल्याट फ्रेम र उन्नत क्यामेरा डिजाइनका साथ, रेडमी ए५ ले फ्रेस र आधुनिक लुक प्रदान गर्दछ। ८.२६ मी मी  पातलो र १९३ ग्राम हलुका भएकोले यो प्रयोग गर्न धेरै सजिलो छ, र यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड, र मिडनाइट ब्ल्याक – चार सुन्दर रंगहरूमा उपलब्ध छ ।
      
    लामो प्रयोगका लागि शक्तिशाली ब्याट्री
    रेडमी ए५ को ५२०० एमएएच ब्याट्रीले १.४५ दिनसम्मको प्रयोग र  एकल चार्जमा २०.७ घण्टासम्म भिडियो प्लेब्याक वा १४.२४ घण्टासम्म स्क्रिन टाइम दिन्छ । साथै १५ वाट फास्ट चार्जिङले तपाईं छिटो फोन प्रयोग गर्न सक्नुहुन्छ ।
     
    अक्टा–कोर पावरसँग सहज प्रदर्शन
    यसमा युनिसोक टी७२५० ओक्टा–कोर प्रोसेसर भएकोले कम बिजुली खर्च हुन्छ र यसमा ८ जीबी सम्मको ¥याम बढाउन सकिन्छ, जसले गर्दा एपहरू र खेलहरू सजिलै चल्छन्। रेडमी ए५ को स्कोर एन्टुटु बेन्चमार्कमा २६०,००० भन्दा बढी छ, जसले दैनिक कार्यहरूका लागि यसको उत्कृष्ट प्रदर्शनलाई पुष्टि गर्दछ ।
     
    टिकाउ र विश्वसनीय
    शाओमीको उच्च मापदण्डहरूमा निर्मित, रेडमी ए ५ले परीक्षणहरू पास गरेको छ जसमा ३०० रोलर परीक्षण, १०,००० युयसबी परीक्षण, र ५,००० हेडफोन ज्याक परीक्षणहरू समावेश छन्  र यसमा हलुका र छिटो अनुभवका लागि एन्ड्रोइड १५  (गो ईडिसन) मा पनि चल्छ ।

    मूल्य र उपलब्धता

    रेडमी ए ५ ओसन ब्लू,स्यान्डी गोल्ड र मिडनाइट ब्ल्याक रंगहरूमा ३+६४ जिबी र ४+१२८ जिबी स्टोरेजमा उपलब्ध छ।
    रेडमी ए ५ को मूल्य ३+६४ जिबी र ४+१२८ जिबी स्टोरेजका लागि क्रमशः रु.१०,९९९ र ११,९९९ छ ।

    रेडमी ए ५ सम्पूर्ण आधिकारिक मी स्टोरहरू र देशभरका शाओमी रिटेलरहरूमा उपलब्ध हुनेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com