काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकले ९ महिना (साउन–चैत्र)सम्ममा ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ ।
जुन गत आर्थिक बर्षको चैत्र मसान्तको तुलनामा ६१.१९ प्रतिशतले बढी हो भने चालु आवकै गत त्रैमास (पुस मसान्त)को तुलनामा १२०.९१ प्रतिशतले बढी हो । गत बर्ष सोही अवधिमा यो बैंकले २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले गत बर्षको तुलनामा यस बर्ष तेस्रो त्रैमाससम्मा अधिकांश सूचकमा सुधार गरेको यो बैंकले वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार गरेको छ । गत आर्थिक बर्षको चैत मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख ९४ हजार ८ सय ४३ रुपैयाँ ऋणात्मक रहेको थियो ।
चालु आर्थिक बर्षको गत त्रैमास (पुस मसान्तसम्म)मा वितरणयोग्य मुनाफा १२ करोड ६ लाख २३ हजार ५ सय ७३ रुपैयाँ रहेको थियो । यो गत त्रैमासको तुलनामा ९९.१९ प्रतिशतले बढी हो ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको प्रतिसेयर वितरणयोग्य मुनाफा ९.०१ रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस डेभलपमेन्ट बैंकले ५६ अर्ब ६१ करोड कुल निक्षेप सङ्कलन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले बढी हो ।
यस्तै, बैंकले तेस्रो त्रैमासमा ४६ अर्ब ८९ करोड ऋण लगानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा ४.२३ प्रतिशतले बढी हो । सुधारसँगै यस डेभलपमेन्ट बैंकको जगेडा कोष बृद्धि भएर १ अर्ब ८६ करोड ९३ लाख ३ हजार ३३ रुपैयाँभन्दा बढी पुगेको छ भने प्रतिसेयर आम्दानी बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको रिटर्न अन इक्विटी १०.९३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा यो प्रतिशत ७.७६ रहेको थियो । बैंकले खराब कर्जा घटाउनमा पनि प्रगति गरेको छ ।
चालु आर्थिक वर्षको गत त्रैमासमा ४.९९ प्रतिशतमा रहेको यस डेभलपमेन्ट बैंकको खराब कर्जा तेस्रो त्रैमासमा ४.९७ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा नेटवर्थ १५२ रुपैयाँ ५६ पैसा रहेको छ ।