images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि

हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधी हात पारेको छ । प्रतियोगिताको फाईनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि हासिल गरेको हो ।

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पन्न भएको अन्तर बिमा कम्पनी फुटसल प्रतियोगिता (दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२) बिमा दोकान प्रालिले आयोजना गरेको थियो ।

    उक्त प्रतियोगितामा जीवन बिमा, निर्जीवन बिमा, माइक्रो बिमा र पुनर्बीमा कम्पनी गरी ११ वटा कम्पनीहरूको सहभागिता रहेको थियो । जसमध्ये फाईनल चरणमा पुगेका दुई कम्पनीहरू हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी विच भएको फाईनल खेल निकै रोमाञ्चक भएको थियो । 

    प्रतियोगिताको प्रमुख अतिथिका रूपमा रहेका एन्फाका महासचिब किरण राईद्वारा उद्घाटन गरिएको उक्त प्रतियोगिता २ दिनसम्म चलेको थियो । दोस्रो दिनको खेलमा प्रमुख अतिथि रहेका नेपाल बिमा प्राधिकरणका बिमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले प्रतियोगितामा विजयी भएकाहरूलाई प्रमाणपत्र, सिल्ड, ट्रफि र नगद पुरस्कार प्रदान गरेका थिए ।

    उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र ३५ हजार रूपैयाँ नगद जित्न सफल भएको छ भने उपविजेता हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र १५ हजार नगद जित्न सफल भएको छ । 

    स्वास्थ्यका लागि खेल र बिमाका लागि सहकार्य” भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक बिमा दोकान प्रालिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com