काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्ने भएका छन् । नेकपा एमालेबाट समानुपातिक सांसद् भएका उनलाई शिक्षामन्त्री नियुक्ति गर्ने तयारी गरिएको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि रिक्त पदमा पन्त मन्त्री बन्ने पक्का भएको हो । शिक्षकहरूले लगातार विभिन्न माग राखेर गरेको आन्दोलन लम्बिदै गएपछि शिक्षामन्त्री भट्टराईले दबावमा परेर राजीनामा दिएकी थिइन् ।