काठमाडौँ / शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्त नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि रिक्त पदमा पन्त मन्त्री बनेका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।