images
images

प्रधानमन्त्रीले रिसाएर बर्खास्त गरेपछि उर्जा राज्यमन्त्री ‘कान्छाराम’ भन्छन् – कसैले टिका लगाएर दिएको होइन

प्रधानमन्त्रीले रिसाएर बर्खास्त गरेपछि उर्जा राज्यमन्त्री ‘कान्छाराम’ भन्छन् – कसैले टिका लगाएर दिएको होइन

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • प्रधानमन्त्रीले रिसाएर बर्खास्त गरेपछि उर्जा राज्यमन्त्री ‘कान्छाराम’ भन्छन् – कसैले टिका लगाएर दिएको होइन
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेपछि ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले आफूले जनताको मन जितेर आएको बताएका छन् । 

    सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै प्रधानमन्त्री ओलीले उनको कार्यशैलीमा प्रश्न उठाउँदै बुधबार अपराह्न तामाङलाई बर्खास्त गरेका हुन्। बर्खास्तीअघि तामाङसँग गृहमन्त्री रमेश लेखकले राजीनामा मागेका थिए ।

    राज्यमन्त्री तामाङले भने, “गृहमन्त्रीज्यूले मलाई राजीनामा गर्न भन्नु भएको थियो, मैले गर्दिनँ, किन गर्ने भनेको थिएँ। तर, एकाएक हटाएको जानकारी आयो।”  

    आफूलाई राज्यमन्त्री पार्टीले बनाएको उल्लेख गर्दै तामाङले प्रधानमन्त्रीले हटाउने र राजीनामा दिने भन्दा पनि पार्टीले फिर्ता बोलाउनु पर्ने बताए। 

    प्रधानमन्त्रीले बर्खास्त गर्ने नहुने उनको भनाई छ । पार्टीको सिफारिसमा राज्यमन्त्री भएकाले हटाएको विषयमा अदालत जाँदा पनि मुद्दा जित्ने उनको दाबी छ ।

    बर्खास्त भए पनि आफूलाई कुनै चिन्ता नभएको उनले बताए । उनले भने, “मन्त्री भइहालेँ, अनुभव लिएँ । नेपालमा सबैभन्दा बढी मत ल्याउने चार नम्बरको सांसद हुँ । कसैले टिका लगाएर दिएको होइन । जनताको मन जितेर आएको हो ।”

    आफूले प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति नदिएको दावी गर्दै उनले मन्त्री पद आजीवन नभई क्षणिक भएको बताए । तामाङलाई २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका थिए । 

    नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा तामाङले असन्तुष्टि जनाउँदै आएका थिए ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com