ललितपूरमा जिल्लामा रहेर च्याउ उत्पादन गरिरहेका उत्पादक किसान संघको यहि बैशाख १३ गते जिल्ला अधिबेशन हुँदैछ ।
शेराफाँट गोदबरी बज्रबाराही पार्टी प्यालेसमा हुन गइरहेको उक्त अधिबेशनमा संघले उपस्थितिका लागि आब्हान गरेको छ । किसानहरुलाई विहान ८ः ३० बजे उपस्थितिका लागि सूचना जारी गरेको छ ।
केही वर्षयता ललितपूरमा समय च्याउ उत्पादन गर्ने किसानहरुको संख्या बढ्दो छ । राजधानी काठमाडौंसँग जोडिएको जिल्ला ललितपूरमा जग्गा उपलब्धताको कारण च्याउ किसानलाई सहज भएको भएपनि पछिल्लो समय बस्ती विकास हुँदै जाँदा किसानहरु अझै टाढा जान बाध्य छन् ।
विभिन्न कच्चा पदार्थ उपलब्धता तथा बजार नजिक पर्ने कारण ललितपूर जिल्ला किसानहरुका लागि सहज क्षेत्र पर्दछ ।