images
images

नेप्से परिसूचक ३.५८ अङ्कले बढ्यो, कारोबार रकम पौने ११ अर्ब

नेप्से परिसूचक ३.५८ अङ्कले बढ्यो, कारोबार रकम पौने ११ अर्ब

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • नेप्से परिसूचक ३.५८ अङ्कले बढ्यो, कारोबार रकम पौने ११ अर्ब
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्से परिसूचक आइतबार नेप्से परिसूचक ३.५८ अङ्के बढेर २६६१.६० विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेकस १.८१ अङ्क फ्लोट इण्डेक्स ०.०७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अङ्कले बृद्धि भएको छ । 

    नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। गत बिहीबार ७ अर्ब ८७ करोडको सेयर किनबेच भएको बजारमा आज १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार कित्ता सेयर ८९ हजार १६१ पटकमा कारोबार भएको छ । 

    आज कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। 

    यस दिन लगानी समूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ भने जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

    आइतबार नेपाल माइक्रोको सेयर प्रतिकित्ता ९४ रुपैयाँ ७० पैसा बढेर १ हजार ४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ७८ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। 

    त्यस्तै, यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने सानिमा माइ हाइड्रोपावर र अरुण भ्याली पावर डेभलपमेन्टको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। 

    कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८६ करोड १७ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

    त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ५६ करोडको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम ५६ करोड नाघेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com