images
images

आईआईएनद्वारा बिमा सर्भेयरको आधारभूत तालिम आयोजना गरिने

आईआईएनद्वारा बिमा सर्भेयरको आधारभूत तालिम आयोजना गरिने

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • आईआईएनद्वारा बिमा सर्भेयरको आधारभूत तालिम आयोजना गरिने
    images
    images
    images
    images
    images
    images

    इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बिमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ ।

    जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बिमा, मोटर बिमा, परिवहन बिमा र हवाई बिमाको बिमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने आईआईएनले जनाएको छ ।

    तालिममा भाग लिनका बिमा नियमावली, २०८१ बमोजिम बिमा सर्भेयर हुने योग्यता हासिल गरेको हुनुपर्ने जनाइएको छ ।

    आईआईएनका अनुसार, इञ्जिनीयर विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण गरेको र स्नातक उपाधि हासिल गरेको तथा कुनै निर्जीवन, लघुनिर्जीवन वा पुनर्बीमा वा नेपाल बिमा प्राधिकरण कम्तीमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको वा स्नातक उपाधि हासिल गरेको तथा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त बिमा सम्बन्धी इन्स्टिच्युटबाट निर्जीवन बिमामा एसोसिएटसीप वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

    तालिममा भाग लिनका लागि यही वैशाख १९ गतेसम्म आवेदन दिन सकिने र पहिले आवेदन दिनेलाई पहिलो प्राथमिकताका आधारमा छनौट गरी प्रत्येक समूहमा ३० जनाका दरले तालिम संचालन गरिने आईआईएनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com