images
images

नबिल बैंकले सुन किन्दा १ प्रतिशत ब्याजमै लोन दिन्छ, कसरी लिने ?

नबिल बैंकले सुन किन्दा १ प्रतिशत ब्याजमै लोन दिन्छ, कसरी लिने ?

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • नबिल बैंकले सुन किन्दा १ प्रतिशत ब्याजमै लोन दिन्छ, कसरी लिने ?
    images
    images
    images
    images
    images
    images

    प्राचिन समययदेखि नै सुनलाई धन, शक्ति र सम्पन्नताको प्रतिकको रूपमा मानिदै आएको छ । लामो समयसम्म राख्दा पनि यसको चमक र गुणस्तरमा कमि नआउने भएको कारण सुनलाई गरगहना, सांस्कृतिक प्रयोग तथा लगानीको रूपमा प्रयोग गरिन्छ ।

     सङ्कटको समयमा विश्वव्यापी रूपमै सुनलाई सुरक्षित लगानी मानिन्छ । विश्वका केन्द्रीय बैंकहरू, वित्तीय निकायहरू, उद्योगी व्यवसायी तथा व्यक्तिगत लगानीकर्ताहरू पनि सुनमा लगानी गरेर आर्थिक प्रत्याभूति लिन्छन् । 

    शुभ र समृद्धिको प्रतीक मानेर नेपाल जस्ता धार्मिक, सांस्कृतिक महत्त्व रहेको देशहरूमा सुन जन्मपछिको विभिन्न शुभ कार्यमा प्रयोग गरिन्छ । केही परम्परागत धारणाले पनि नेपालमा सुनको महत्त्वलाई थप बढाएको छ ।

    आर्थिक, सामाजिक, सांस्कृतिक र प्राविधिक क्षेत्रमासमेत प्रयोग गरिने सुनको मूल्य पछिल्लो समय उच्च बिन्दुमा छ । 

    विश्वमा देखिएको व्यापारिक तनावले पनि आर्थिक सुरक्षाका लागि लगानीकर्ताहरूले सुन खरिद गरिरहेका छन् । जसले विश्व बजारमा सुनको माग बढ्न गई मूल्य बढेको हो । इतिहासदेखि नै हेर्ने हो भने सुनको मूल्य निरन्तर बृद्धिको क्रममा छ । 

    सुनको मूल्यमा उच्च बृद्धि हुने तर घट्दा सामान्य मात्रै घट्ने गरेको तथ्यहरू छन् । जसले गर्दा सुनमा गरिने लगानीलाई भविष्यको सुरक्षाको लागि हेर्ने गरिन्छ । सोही विषयलाई मध्यनजर गर्दै नविल बैंकले सुन खरिदमा कर्जा उपलब्ध गराउदै आएको छ । बैंकले नेपालमै पहिलो पटक सुन किन्न ७० प्रतिशतसम्म कर्जा दिँदै आएको छ । 

    नबिल ढुक्क सुन खरिद कर्जा 

    लगानीकर्ता र सर्वसाधरणको पहिलो रोजाइमा पर्दै आएको नविल बैंक नविन अवधारणाका कारण लोकप्रिय छ । यो बैंकले ल्याएको  ‘नबिल ढुक्क सुन खरिद कर्जा’ पनि नेपाली बैंकिङ क्षेत्रका लागि नविन अवधारणा नै हो । दिनप्रतिदिन सुनको मूल्य नयाँ उचाईमा पुगिरहेको समयमा बैंकले सुन खरिद गर्न इच्छुक ग्राहकहरूका लागि यस्तो योजना ल्याएको हो । 

    ‘नबिल ढुक्क सुन खरिद कर्जा’ योजनाअन्तर्गत बैंकले सस्तो ब्याजदर, मासिक किस्ता सुविधासहित अधिकतम १० लाख रुपैयाँसम्मको कर्जा सुविधा दिँदै आएको छ । यस योजनामा सुनको निःशुल्क बिमा सुविधा समेत रहेको छ । यस योजनाको मासिक ब्याजदर १ प्रतिशतभन्दा कम रहेको छ । 

    सुनको भाउ बढिरहने भएको कारण बैंकले भविष्यलाई लक्षित गर्दै यो योजना ल्याएको जनाएको छ । उक्त योेजनामा सहभागी हुन ग्राहकले सुरुमाा ३० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ भने बाँकी ७० प्रतिशत भुक्तानी बैंकले गर्नेछ । यसरी खरिद गरिएको सुन बैंकको लकरमा राखिनेछ र ऋण पूर्ण रूपमा चुक्ता भएपछि मात्रै फिर्ता पाइनेछ । 

    कसरी पाइन्छ कर्जा ? 

    ‘नबिल ढुक्क सुन खरिद कर्जा’ योजनाअन्तर्गत कर्जा लिएर सुन खरिद गर्न चाहाने ग्राहकहरूलाई परिचय खुल्ने कागपत्र र फोटोे भए पुग्छ । यस योजनाअन्तर्गत प्रक्रिया सुरु गरेको एक घण्टामै कर्जा उपलब्ध हुने बैंकले जनाउको छ ।

    ग्राहकले आफ्नो परिचय खुल्ने (नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र आदि) प्रमाणपत्र, फोटो र खरिद गर्न चाहेको सुनको कोटेशन (तौल, प्रकार र मूल्य) पेश गर्नुपर्नेछ । कर्जा लिने व्यक्तिले आफू कहाँ के काम गर्दै हुनुहुन्छ र कति आम्दानी हुन्छ भन्नेसमेत खुलाउनुपर्ने बैंकले जनाएको छ । 

    कहाँबाट किन्ने सुन ?


    नबिल बैंकले ग्राहकहरू नठगिउन् र बैंकको विश्वासका लागि सुन खरिदका लागि सीमित स्थानहरू तोकेको छ । हालका लागि बैंकले उक्त कर्जा सुविधा काठमाडौँ उपत्यकाभित्र ललितपुरको कुमारीपाटी, मङ्गलबजार, काठमाडौँको न्यूरोड, कालीमाटी, नयाँ सडक र कोटेश्वर र भुक्तपुरको सूर्यविनायक शाखा तोकेको छ । 

    त्यस्तै, उपत्यका बाहिर कास्कीस्थित चिप्लेढुङ्गा, रुपन्देहीको बुटवल योगीकुटी, धरानको बरगाछी, बाँकेस्थित नेपालगञ्ज र पाँचथरस्थित फिदिम शाखाबाट यो सुविधा उपलब्ध भइरहेको बैंकले जनाएको छ । 

    बैंकको यो योजनाअन्तर्गत सुन खरिद गर्नेहरूमा सबैभन्दा बढी भर्खर काम सुरु गरेका युवाहरू र  छोराछोरी हुर्र्कदै गरेका अभिभावक बढी रहेको बैंकले जनाएको छ । भविष्यमा विवाह गर्नका लागि युवाहरू सुनको जोहो गर्न बैंकको यो योजनामा सहभागी भइरहेकका छन् । त्यस्तै, ४० बर्ष उमेर नाघेका बुवाआमाहरू पनि छोराछोरीका लागि अहिले नै सुन खरिद गरेर ढुक्क भइरहेका छन् । 

    सुन १९८४ मा व्यवसायिक यात्रा सुरु गरेको नबिल बैंक अधिकांश सूचाकाङ्क अब्बल भएको कारण नेपालको बैंकिङ क्षेत्रमा पहिलो नम्बरमा छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) ५ अर्ब ५ करोड रुपैयाँ बढी नाफा कमाएको छ । जुन अन्य बैंकको तुलनामा सबैभन्दा बढी हो । बैंकको प्रतिसेयर आम्दानी बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ भने मुल्य आम्दानी अनुुपा १९.५६ गुणा रर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा छ । हाल २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकले चैत मसान्तसम्म ५ खर्ब २ अर्ब १० करोड ९६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर ४ खर्ब १६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

    ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com