images
images

‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’बहुमतले पारित

‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’बहुमतले पारित

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’बहुमतले पारित
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

    आज विधेयकमाथिको सैद्धानितक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

    सो प्रस्तावलाई संसदका बहुमत सांसदहरूले सहमति जनाएका हुन् ।

    विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानुनमा रहेका प्राविधि त्रुटीहरूको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभुति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

    उनले भने, ‘‘प्रस्तुत विधेयकमा रहेका व्यवस्थाबाट प्रचलित कानुनमा रहेका विविध प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दीगो तथा सन्तुलित विकास र सुशासनको प्रत्याभुति, वातावरण संरक्षण र नागरिकमैत्री शासन कायम गर्ने राज्यको उद्देश्य पूरा गर्न टेवा पुग्ने देखिन्छ ।’’

    अब यो विधेयक राष्ट्रियसभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउने छ । सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनको रूपमा कार्यान्वयनमा आउने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com