images
images

रेशम चौधरी रिहा, नक्कली पत्र काट्ने सर्वोच्चका अधिकृत पक्राउ

रेशम चौधरी रिहा, नक्कली पत्र काट्ने सर्वोच्चका अधिकृत पक्राउ

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • रेशम चौधरी रिहा, नक्कली पत्र काट्ने सर्वोच्चका अधिकृत पक्राउ
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको नक्कली पत्रका आधारमा पक्राउ परेका चौधरी बुधबार साँझ नै रिहा भएका हुन् ।

    उक्त पत्र सर्वोच्च अदालतको आधिकारिक नभएको बताइएको छ । सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । 

    कारागार कार्यालयलाई नक्कली पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले विष्ट पक्राउ परेको जानकारी दिए । 

    चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने विष्टमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतबाट आदेश जारी भएको थियो। 

    बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोेषणा सभामा पुगेका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरीले पक्राउ गरेको थियो।

    एकाएक चौधरीको पक्राउले नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता नै भाँडिएको थियो । उनी रिहा भएसँगै अब पनः छलफल गरेर एकताको मिति तय गरिने नेताहरूले जानकारी दिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com