images
images

धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन : डा. शेखर कोइराला

धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन : डा. शेखर कोइराला

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन : डा.  शेखर कोइराला
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् । 
    १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीबार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् । 

    उनले भने, ‘हामीले केही हासिल गरेका छैनौ भन्ने होइन । हासिल गरेका छौं । अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा सफल भएको छ । अव यसमा अनौपचारिक क्षेत्रलाई हामीहरूले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्ने चुनौतिको विषय भएको छ । यसलाई गम्भीर रूपमा लिएर अगाडि जानुछ । मैले धेरै प्रयास गरेँ । नेपाली कांग्रेसले पनि धेरै प्रयास गर्यो तर अझै श्रमिक आयोग बनाउन सकेको छैनाँै । यसका लागि नेपाली कांग्रेस सधैँ तयार रहिरहन्छ ।’

    उनले होटेलमा कार्यगत श्रमिकहरुले सेवा शुल्क वापत पाउने १० प्रतिशतका लागि कानून बनाएर अगि बढ्नुपर्ने बताए ।  

    ‘होटलमा कार्यरत श्रमिकहरुले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरूले धेरै ठुलो कुरा माग गर्नुभएको छैन । कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतको पनि भनेको छ । त्यसका लागि नेपाली कांग्रेस कानून बनाउन अगाडि बढ्छ,’ उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com