images
images

‘आरपिकेएस’को कार्यलय स्तान्तरण, टिमर्वकले सफलता मिलेको कम्पनी

‘आरपिकेएस’को कार्यलय स्तान्तरण, टिमर्वकले सफलता मिलेको कम्पनी

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • ‘आरपिकेएस’को कार्यलय स्तान्तरण, टिमर्वकले सफलता मिलेको कम्पनी
    images
    images
    images
    images
    images
    images

    'आरपिकेएस' एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सले आफनो कार्यलय स्थान्तरणसँगै भव्यताका साथ उद्घाटन गरेको छ । 

    विगत लामो समयदेखि लेखा व्यवसायमा निरन्तर कृयाशिल उक्त कम्पनीले देशका विभिन्न स्थानबाट समेत आफ्नो सेवा प्रवाह गरिरहेको छ। 

    मूख्य कार्यलय काठमाडौं बानेश्वरस्थित थापागाउँमा आफ्नो कार्यलय स्थान्तरण गरेको हो। 
    कम्पनीको टिमवर्क र अथक मेहनतले सफलताको स्थानमा आइपुगेको उद्घाटन समारोहमा सिए तथा कम्पनीका संचालक (पार्टनर) कृष्णहरि बुढाथोकीले बताए ।
     
    कार्यक्रममा प्रमुख अथिति प्रविण कुमार झाले लेखा व्यवसाय एउटै विचार, दृष्टि र ज्ञानले नचल्ने बताउँदै बदलिदो परिस्थिति र टेक्नोलोजीसँगै अघि बढ्नुपर्ने बताएका थिए । 

    सामान्य ढंगले लेखा व्यवसायमा लाग्नेले आफूलाई ग्लोबल्ली प्रोफेसनल बनाउनुपर्ने छ। ‘कोड अफ इथिक्स’ एउटा विषयको मात्रै पढेर सुख पाईदैन । अन्तराष्टिय ‘कोड अफ इतिक्स’ बुझेर त्यसलाई प्रयोगमा ल्याउन सक्नुपर्ने छ। एउटै विषय र ज्ञानले पुग्दैन, उनले भने । एउटा डाक्टर, ईन्जिनियरले जस्तो आफ्नो विषयको ज्ञान मात्रै बुझेर नहुने बताउँदै अन्तराष्ट्रिय कानुन ‘कोड अफ इथिक्सि’ बुझ्दै हरेक विषयमा ज्ञान राख्नुपर्ने बताउँदै यस आपिकेएस कम्पनीलाई  शुभकामना दिए । 

    यस्तैगरी कार्यक्रममा ख्यातीप्राप्त मोटिभेसन पर्सन रमण भट्टराईले आजको बदलिदो समय र परिस्थितिलाई ख्याल गर्दै आफूलाई सधैँ खुशी राख्न प्रयत्न गर्नुपर्ने बताए । उनले भलिबल तथा फुटबलको उदाहरण दिदै कर्मचारी तथा व्यवसायीले कसरी उदाहरणिय बन्ने उत्प्रेरक कथाहरु सुनाए।

    kri1234.jpg
     
    हामी सधैँ लुँडोको पोट खोजेजस्तै जीवनभरी आफूलाई चाहिएको विषयमा तल्लिन हुन्छौं अघि बढ्न चाहान्छौं । यसैले जीवनमा अघि बढ्न मन, बुद्धि र आत्मालाई ब्यवस्थापन गर्न सक्नुपर्ने बताए। आज हामी विचारलाई सफा बनाएरै अघि बढ्न सकिने  उनको तर्क थियो । कसैलाई ‘हट’ गरी भावनामा चोट पुर्याइएको भएपनि माफी मागेर आफूलाई सहि बनाउन प्रयत्न गर्नुपर्ने बताए । उनले कार्यक्रमको लामो समय उत्प्रेरक कथा र जोकहरु सुनाएर कार्यक्रमलाई उल्लासमय बनाएका थिए । 
    कार्यक्रममा अथितिका रुपमा डिबी आचार्य, प्रेमराजा पराजुली, अर्थ डबलीका सम्पादक विमल श्रेष्ठ लगायत थिए । 

    बिजनेस परामर्शका लागि बिजनेस कन्सल्टिङ्ग ग्रुपः

    आरपिकेएससँगै यहि भित्रका युवा पुस्ताले हाँकीरहेको अर्को बिजनेस कन्सल्टिङ्ग ग्रुप नेपालले व्यावसाय संचालनका लागि चाहिने परामर्श लगायत विविध सेवामूलक परामर्श  ‘विजनेश कन्सल्टिङ’ गर्दै आइरहेको छ ।

    यस समुहमा जुझारु, ऊर्जाशिल विद्यार्थिकालदेखि संगसँगै अध्ययन गरेका सि.ए. कृष्णहरि बुढाथोकी, अधिवक्ता भुपाल ढकाल तथा प्रेम प्रसाद अधिकारीको जोस र जाँगरले बिजनेस कन्सल्टिङ्ग ग्रुप नेपाललाई अघि बढाइरहेको छ । म्यानेजिङ डाईरेक्टर अधिकारी सिनेमा निर्माता समेत हुन् । उनले दर्जनौं सर्टफिल्महरु बनाइसेका छन् । 

    राज्यको समग्र विकाशका लागि आर्थिक पक्षको सबैभन्दा महत्वपूर्ण स्थान रहेको हुन्छ। अर्थतन्त्रको सुधारसँगै स्थिरता बढ्ने आम नागरिकहरुमा सु शासनको आभास हुन्छ ।  

    kri56.jpgkri.jpg

    सरकारले अपनाएको दिगो विकासका लक्ष्यहरु प्रभावकारी बनाउन निजी क्षेत्र अर्थतन्त्रको मुख्य साझेदारका रुपमा अघि बढ्नुपर्ने मन्त्र उक्त कम्पनीको छ। 

    जो कोहीलाई व्यावसायिक विकास तथा व्यावसायलाई निर्वाध संचालन गर्न राज्यका कानूनी प्रकृया  व्यवस्थापन जान्नु आवश्यक पर्छ । 

    लक्षित वर्गहरुलाई व्यवसायिक तथा उद्यमशिलता विकासमा योगदान पुऱ्याउने लक्ष्य रहेको म्यानेजिङ डाइरेक्टर अधिकारीले बताए । स्वरोजगारीको सृजना गरौं, देशमै उद्यमशिलताको विकाश गरौं भन्ने मूलमर्म यस ग्रुपको छ । 

    ग्रामिण पर्यटनलाई जोड्दै काउले हिल्स् :

    यसै ग्रुपका लगानीकर्ताहरुसहितको संयोजनमा ग्रमिण पर्यटनलाई जोड्दै काउले हिल्स एग्रोहस प्रा.लि.को पनि सहभागिता  रहेको थियो । उक्त कार्यलय मार्फत नै काउले हिल्सले आफ्नो चितवनको पाहाडी क्षेत्र काउलेस्थित रिसोर्टलाई व्यवस्थापन गर्ने गर्दछ। संचालक बुढाथोकीका अनुसार प्राकृतिक सौन्दर्य सांस्कृतिक विविधता, धार्मिक, साहसिक, वन्यजन्तु, स्वास्थ्य तथा ध्यान पर्यटन, ग्रामिण पर्यटनलाई महत्व दिदै अघि बढेको छ । 

    krishnahari budhathoki.jpg

    संचालक बुढाथोकी भन्छन्, – नेपालको समग्र आर्थिक विकासका लागि विदेशी मुद्रा आर्जन गर्ने एकमात्र भरपर्दो स्रोत पर्यटन क्षेत्र हो । हामीले अहिले ग्रामिण पर्यटनलाई महत्व दिन सके मुलुकले आर्थिक फड्को मार्छ। युवाहरुको विदेश पलायन रोक्न सक्छौं । उत्पादनमा वृद्धि गर्न सक्छौं । स्वरोजगारको श्रृजना हुन्छ ।  र संस्कृति र परम्पराको संरक्षण हुन्छ। ‘पर्यटनले पूवाधार विकास, स्थानिय उत्पादन र हस्तकला प्रवर्द्धन, शिक्षा र सीप विकास पनि हुने उनले बताए । यसैले काउले हिल्स स्थापना भएको हो’, उनले भने । 

    कहाँ छ काउले हिल्स ?

    काठमाडौंदेखि नजिकै चितवन जिल्लाको इच्छामनकामना गाउँपालिका ०२ अन्तर्गत काउले भन्ने स्थानमा पर्दछ। विभिन्न क्षेत्रका युवा तथा नव व्यवसायीहरुको पहलमा काउले हिल्स एग्रो हब्स खोलिएको हो । कम्पनीकका माध्यमबाट होमस्टे संचालन गरि सेवा प्रवाह गरिरहेको छ। शहरी जीवनशैलीबाट  दिक्क भएकाहरुले काउले हिल्स पुग्न सक्छन् । 

    प्राकृतिक मनोरम दृश्य, चेपाङ बस्ती, रैथाने खाना, अनि मुलको पानी, चराहरुको आवाज सुन्न काउले हिल्स धेरैको रोजाइमा पर्ने गर्दछ । साप्ताहिक वा मासिक समय प्रकृतिमै रमाएर ध्यान योग गर्दै प्रकृतिमै रम्न चाहनेको लागि बनाइएको संचालक बुढाथोकीले बताए । तनाव ब्यवस्थापन गर्न  मानिसहरु काउले हिल्स रोज्छन् । जंगबहादुर राणाले समेत यस क्षेत्रमा सिकार खेल्ने तथा समय समयमा भ्रमण गर्ने गरिएको स्थानियहरु बताउँछन् । 

    यस समुहले देशका अन्य विभिन्न १४ वटा क्षेत्रहरुमा यसैगरि स्थानीय ग्रमीण पर्यटन लक्षित कार्यक्रमहरु संचालन गर्ने तयारी गरिहरेको  संचालक बुढाथोकीले बताए ।  यस समुहमा चार्टर्ड एकाउन्टेन्स, वकिल, अध्यापक तथा विभिन्न व्यवसायीहरुको लगानी रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com