काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य बढेको छ । यस दिन नेप्से ३.४४ अङ्कले बढेर २६२०.३९ बिन्दुमा पुगेको हो ।
कारोबार अवधिभर आज ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ३२२ स्टकको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर ८१ हजार ९८५ पटकमा खरिद बिक्री भएको छ । सेयर बजारका अन्य सूचक घट्दा आज सेन्सेटिभ फ्लट इन्डेक्स भने ०.०६ अङ्कले बढेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५१ अङ्क र फ्लट इन्डेक्स ०.०७ अङ्कले घटेको छ ।
आइतबार कारोबारमा आएका समूहमध्ये ५ समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.६२ प्रतिशत, निर्जीवन बिमा ०.२३ प्रतिशत, बैंकिङ उपसमूह ०.१० प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक ०.०४ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् ।
यो समूहको परिसूचक १.३० प्रतिशतले घट्दा लगानी समूह ०.८६ प्रतिशत, व्यापार ०.८४ प्रतिशत, जीवन बिमा ०.२८ प्रतिशत, म्युचुअल फण्ड ०.४१ प्रतिशत, हाइड्रोपावर ०.०९ प्रतिशत र अन्य समूहको परिसूचक ०.०२ प्रतिशतले घटेको छ ।
आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैरी, उपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य ९.८४ प्रतिशत र सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.०४ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक बढी वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, रिभर फल्स पावरको सेयर मूल्य ७.५५ प्रतिशत र भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य ६.१५ प्रतिशतले घटेको छ ।
आइतबार सर्वाधिक बढी सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । यो कम्पनीको ६० करोड ४८ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।