काठमाडौँ / शनिबार केटीएम ओरेंज ब्लड सम्पन्न भएको छ । १५० जोशिला राइडरहरूले सडक र ट्रेलहरू पार गर्दै प्रसिद्ध हिमालयन होराइजन होटल, धुलिखेलमा आफ्नो यात्रा समाप्त गरे।
‘स्ट्रेन्जर टुगेदर, फास्टर फर्वार्ड’ भन्ने साहसी नारामुनि आयोजित सो वार्षिक उत्सवले साहस, भ्रातृत्व र एड्रिनालिनको आत्मालाई फेरि एक पटक उजागर गर्यो, र केटीएमलाई नेपालमा मोटरसाइकलिङ्गको प्रतीकको रूपमा पुनः स्थापित गर्यो।
देशभरबाट आएका राइडरहरू बिहान सबेरै विभिन्न बिन्दुहरूमा एकत्रित हुँदै धुलिखेलको मनमोहक प्रकृतितर्फ रोमाञ्चक यात्रामा निस्किए।
उपत्यकाको माथिल्लो भागमा अवस्थित हिमालयन होराइजन होटल उनीहरूका लागि ऊर्जा, धैर्य र मित्रताको पुरस्कारस्वरूप उभिएको थियो।
कार्यक्रम केवल यात्रासम्म सीमित रहेन । गन्तव्यमा पुगेपछि सहभागीहरूलाई रमाइला गतिविधि, उपहारहरू र स्वादिलो नास्ताले स्वागत गरियो, जसले अद्भुत यात्रालाई उत्कृष्ट रूपमा समापन गर्यो।
‘१५० राइडर्स, अन प्यासन, अन लिजेन्ड्री जर्नी’ भन्ने नाराले सार्थकता पायो, जब राइडरहरूले साहसिकताको साझा प्रेमलाई मनाउँदै, अनुभवहरू साट्दै र केटीएम समुदायको सम्बन्धलाई अझ बलियो बनाए।
अरेंन्ज ब्लड राइडले नेपालमा राइडर केन्द्रित कार्यक्रमहरूको लागि नयाँ मानक स्थापना गर्दै आएको छ-रोमाञ्चकता र सुरक्षाको सन्तुलन राख्दै, साहसिकता र समुदाय भावना एकसाथ जोड्दै।
सहभागीहरूले कार्यक्रमको उत्कृष्ट व्यवस्थापन, उत्साहपूर्ण वातावरण र अन्य केटीएम उत्साहीहरूसँग सँगै यात्रा गर्न पाएको अवसरको प्रशंसा गरे।
प्रेसिजन इन्जिनियरिङ र अतुलनीय प्रदर्शनको समृद्ध विरासत बोकेको केटीएम नेपाल, एड्भेन्चर मोटरसाइकलिङ्ग क्षेत्रमा अग्रणी ब्रान्ड हो ।
बाइकको बिक्री मात्र नभई, केटीएमले साहसी अन्वेषण र समुदायको संस्कृतिलाई अभिप्रेरणा दिँदै राइडरहरूलाई बाटोमै होइन, जीवनका हरेक क्षेत्रमा सीमाना चिर्न प्रेरित गर्छ।