काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेको छ । यस दिन नेप्से ९९८ अङ्कले बढेर २६१०.४० बिन्दुमा पुगेको हो । नेप्सेसँगै आज कारोबार रकममा पनि उच्च गिरावट आएको छ । आइतार ९ अर्ब माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ मात्रैको कारोबार भएको हो ।
त्यस्तै, आज ३१९ स्टकको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ६५ हजार ८८४ पटकमा खरिद बिक्री भएको छ । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स १.३६ अङ्क, फ्लट इन्डेक्स ०.५४ अङ्कले रसेन्सेटिभ फ्लट इन्डेक्स भने ०.३१ अङ्कले घटेको छ ।
सोमबार कारोबारमा आएका समूहमध्ये ४ समूहको सूचक सामान्य बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । यो दिन सबैभन्दा बढी म्युचुअल फण्ड समूहको परिसूचक ०.२० प्रतिशत, माइक्रो फाइनान्स ०.११ प्रतिशत, निर्जीवन बिमा ०.०६ प्रतिशत र होटल तथा पर्यटन समूह ०.०२ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज सर्वाधिक बढी वित्त समूहको परिसूचक ०.९७ प्रतिशतले घटेको छ ।
यसैगरी, विकास बैंक ०.७६ प्रतिशत, हाइड्रोपावर ०.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८८ प्रतिशत, व्यापार समूह ०.७२ प्रतिशत, अन्य ०.२२ प्रतिशत, लगानी ०.१३ प्रतिशत र जीवन बिमा ०.११ प्रतिशतले घटेको छ ।
सोमबार ४ ओटा स्टकको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र क्रेस्ट माइक्रे लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
त्यस्तै, वीन नेपाल लघुवित्तको सेयर मुल्य ८.११ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.८२ प्रतिशत र राधी विद्युत कम्पनीको मूल्य ७.३२ प्रतिशतले बृद्धि भएको छ ।
यसदिन सर्वाधिक बढी हिमालयन पावर पार्टनरको मूल्य घटेको छ । यो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ भने रिभर फल्स पावरको सेयर मूल्य ६.७४ प्रतिशतले घटेको छ ।
सोमबार राधी विद्युत कम्पनीको सेयर कारोबार रकममा सबैभन्दा बढी हिस्सा रहेको छ । यो कम्पनीको ७६ करोड ८ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा ङादी ग्र्रुप पावररको ५५ करोड ६२ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।